कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ५ कोपवामा रहेको बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी महिला नेतृ तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले १३५७ जना महिलाहरुको समुहले संचालन गरेको यस सहकारीका कार्य हेर्दा वास्तमा यहाँ उत्पादन भएका बस्तु अन्य जिल्लामा समेत बिक्रि बितरण, महिलाहरुलाई कृर्षि पशुपालन जस्ताक्षेत्रमा लगानी गरि आत्मनिर्भर बनाउने जस्ता उदाहरणीय काम देख्दा आफुलाई गर्भलागेको बताउदै सहकारीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यसै गरि विशिष्ट अतिथी वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले आफु राजनितीमा आउनु भन्दा अगाडि यस सहकारीमा सामान्य कर्मअचारीको रुपमा काम गर्दै आएको सुरु सुरुमा सहकारी संचालन गर्नका लागि महिलाहरुले पनि के गर्न सक्छन भन्ने हाम्रो समाजमा एक किसीमको अभिव्यक्ति आउने गरेको थियो । त्यसका वापजुत पनि महिला दिदी बहिनीहरुको सहयोग सद्भावले वाणगंगा नगरपालिका मै एक नमुना सहकारीको रुपमा स्थापित भएकोमा संस्था प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै वाणगंगा नगरपालिकाबाट सहकारीलाई हुने सहयोगका लागि सदैब तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बिहानी सामाजिक उद्यमी महिला कृर्षि सहकारी संस्था लिमिटेड वाणगंगा ५ कोपवाकी अध्यक्ष तुल्सी थापा अध्यक्षता , महिला नेतृ तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेको प्रमुख अतिथ्यता ,वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरी, बिबिष्ट आतिथ्यता ,हेफर इन्टरनेश्नल नेपालका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम कुमार स्यामब्यु, वाणगंगा नगरपालिका वडा नं. ५ का कार्यबाहक वडा अध्यक्ष ज्ञानबहादुर कार्की , बडा नंंं. ६ का कार्यवाहक बडा अध्यक्ष पशुपतिया चौधरी,मेस्डो नेपालका कार्यकारी निर्देशक दिपक खनाल , माउन्ट एभरेष्ट बचत तथा ऋण सहकारीका अध्यक्ष युवराज पोख्रेल,सामुदायिक रेडियो वाणगंगा ९०.६ मेगाहर्जका स्टेशन म्यानेजर, गणेश पोख्रेल , इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायव निरिक्षक पोम प्रसाद भुषाल , लगायतको आतिथ्यता रहेको कार्यक्रममा , जेष्ठ नागरिक , वाल बचत, नियमीत दुग्ध संकलन कर्ताहरुलाई सम्मन समेत गरिएको थियो । संस्थाकी कोषाध्यक्ष बिना मल्लले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सचिव शिवकला बेल्वासेलेको रहेको थियो । सञ्चालक व्यवस्थाक मिना आले काउचाले गर्नु भएको थियो ।