कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ६ अन्र्तगत लक्ष्मणघाट मा.बिमा निर्वाचनका लागि खटिएकी प्रहरी नायव निरिक्षक कल्पना के.सीले पत्रकार र मतादातालाई दुर्व्यवहार गरेकी छन् ।
मंसिर ४ को निर्वाचनका लागि भनेर प्रहरी प्रधान कार्यालयले दुईलाख भन्दा बढि प्रहरी कर्मचारीलाई निर्वाचन कसरी मर्यादित कसरी बनाउने , शान्ति सुरक्षा, मर्यादित वातावरणमा मतदान गराउने भनेर त खटायो तर ति प्रहरी कर्मचारीलाई निर्वाचनका दिन के गर्न हुने, के गर्न नहुने निर्वाचन आयोगले निर्धारण गरेका नितिनियमहरु के के छन ? भन्ने बिषयमा जानकारी नभएका कारण आम मतदाता र पत्रकारलाई सुरक्षामा खटिएका प्रहरी नायव निरिक्षक कल्पना के.सी र प्रहरी हवल्दार जग्गुलाल घर्तिले निर्वाचनको रिपोटिङ्गमा खटिएका पत्रकार हाम्रो पाईला अनलाईका निर्देशक गणेश पोख्रेललाई नेपाल सरकार सुचना तथा प्रसारण बिभागले जारी गरेको रातो कार्डलाई हामीले रातो कार्डलाई मान्दैनौ हामीलाई जिल्ला प्रशासन कार्यालय , निर्वाचनको पास मात्र मान्यता हुने भन्दै पोख्रेल सवार रहेको लु ७३ प ४९५६ नम्बरको मोटर साईकलको चावी खोसेर पत्रकार माथि दुर्व्यवहार गरेकी हुन भने आम सर्वसाधारणलाई पनि मतदान स्थलमा सहज रुपमा मतदान गर्ने वातावरण नगराई मतदान स्थलको गेट भन्दा बाहिर निस्कीएर आम सर्वसाधारलाई सास्ती दिएको गुनासो गरेका छन् ।
के.सीलाई पत्रकार पोख्रेलले रातो कार्ड भनेको केहो तपाईले बुझनु भएको छ । भनेर प्रश्न गर्दा उनलाई सो वारेमा केही जाकारी नभएको बताउदै नेपाल सरकारले जारी गरेका सकली कागजातका लाई नै मान्यता नदिने हो भने उनले नेपाल प्रहरीको जागीर खानका लागि पेश गरेका प्रमाण पत्रलाई आधिकारीक नमानेको भए उनले जागिर कसरी खाईन ? यो देश र जनताको शान्ति सुरक्षामा खटिएका प्रहरीबाट जनताले के आश गर्ने प्रहरी माथी नै प्रश्न चिन्ह खडा भएको छ ।
मतदान स्थल भित्र निर्वाचन अधिकृतको सुरक्षा तथा निर्वाचन स्थलको सुरक्षाका लागि खटिएकी के.सीले मतदान स्थल भन्दा बाहिर निस्कने र मतदाता लाई गालि गलोज डर धम्की दिने गरेको समेत पाईएको छ ।
यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मिन घलेले पनि शान्ती सुरक्षाका बिषयमा प्रहरीले पत्रकारलाई दिन मिल्ने सुचना लिन खोज्दा उनले निर्वाचनमा खटिएका प्रहरी को कहाँ कसरी परिचालन छन र सो बिषयमा बताउनका लागि आनाकानी गर्दै प्रहरीबाट यस्तो व्यवहार भयो केहो भनी प्रश्न गर्दा उनले सो बिषयमा आफु जिल्लाको प्रबक्ता भएर पनि जानकार नभएको गैर जिम्मेबारी पुर्ण जवाफ दिदै पन्छीए ।