Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

भ्रष्टाचार गर्दिन, विकास गर्छु: घिमिरे

हाम्रो पाईला हाम्रो पाईला
२०७९ मंसिर १, बिहिबार ९:३८ PM
भ्रष्टाचार गर्दिन, विकास गर्छु: घिमिरे

कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ ९१० प्रदेश सभा सदस्य पदमा उम्मेदवार डोलकराम घिमिरे सामाजिक तथा राजनैतिक क्षेत्रमा कुनै नयाँ नाम होइन । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न संघ संस्थामा अध्यक्षको नेतृत्वको भूमिका निर्वाह गर्नुभएका सामाजिक क्षेत्रमा समेत राम्रो प्रभाव जमाउन सफल नेता हुनुहुन्छ घिमिरे । बाणगंगा–१ बैरियाका स्थायी वासिन्दा घिमिरे भद्र, शालिन तथा वौद्धिक नेताको रुपमा परिचित हुनुहुन्छ । ३५ वर्षको राजनीति यात्रामा कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बाहेक लाभको पदमा नबसेका कपिलवस्तु क्षेत्र नं। १ ९१० गठवन्धनका साझा उम्मेदवार घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईको उम्मेद्वारी किन ?

कपिलवस्तु जिल्ला भगवान् गौतम बुद्धको क्रिडा स्थल, क्रकुछन्द बुद्ध, कनकमुनी बुद्धको जन्म स्थल, विभाण्डक र श्रृङ्गी ऋषिको तपोभूमि प्राचीन एतिहासिक स्थलको रुपमा रहेको नेपाल कै महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रको विकासको लागि मतदाताहरुलाइ ठूलठूला आश्वासन र सपना बाँडियो । ती योजनाले मूर्तरुप लिन सकेन । खोक्रा आश्वासन होइन सही योजना लिएर हिँड्दा मात्र गन्तव्यमा पुग्न सकिन्छ । यहाँका स–साना समस्या समाधान हुन सकेको छैन । यहाँका जनता, उद्योगी व्यवसायीसँगको समस्याहरुको नीतिगत रुपमा समाधान गर्न मेरो उम्मेदवारी हो । समृद्ध कपिलवस्तु निर्माणको लागि केन्द्र्रको बजेट आवश्यक पर्छ त्यसका लागि गठबन्धनले जित्नु पर्छ । म उम्मेदवार हुँदा या नहुँदा यहाँका जनातासँगसँगै छु । जनताको सेवक हुँ सधैँ सेवक बन्न चाहन्छु । खासमा भन्नु पर्दा जनताको सेवक भएर काम गर्न नै मेरो उम्मेद्वारी हो ।

यहाँ मतदाताको घरदैलोमा हुनु हुन्छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

मतदाताहरु निकै उत्साहित पाएको छु । यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने तर जनताको समस्या समाधान नगरिदिने हुन्छ प्रसाद जस्ता नेताहरुसँग दिक्क हुनु भएको रहेछ । जहाँ जाँदा पनि काम गर्नुहुन्छ भने आउनुस भनेर स्वागत गर्नु भएको छ । यस क्षेत्रकै मतदाताहरुले भौतिक नैतिक राजनैतिक हरेक दृष्टीकोणबाट सहयोग गरिरहनु भएको छ । गठबन्धनलाई मतदान गरी जिताउछौं भन्ने प्रतिवद्धता पाएको छु त्यसले म उत्साहित छु । म जहाँ जहाँ पुगेको छु त्यहाँका मतदाताहरु म प्रति विश्वास र सहानुभूति दुवै प्रकट गरेको मैले पाएको छु । आम मतदाता गठबन्धलाई जिताउने पक्षमा हुनुहुन्छ ।

तपाईलाई मतदाताले किन जिताउने ?

भ्रष्टाचार गर्दिन, नातावाद कृपावाद मान्दिन, संसदमा मत बेच्दिन, जनताले तिरेको करको दुरुपायोग गर्दिन, २०४६ पछि लाभको पदमा बसेकाहरुको सम्पत्ति छानविनका लागि प्रदेश संसदमा आवाज उठाउँछु । यससँगै मैले यस क्षेत्रको विकासको लागि दिर्घकालिन योजनाहरु अघि सारेको छु । भौतिक पूर्वाधार, युवा तथा खेलकुद, शिक्षा स्वास्थ्य, उद्योग व्यावसायको प्रवद्र्धन, उद्योगी व्यवसायीको संरक्षण, पयर्टन, कृषि तथा वातावरण, छाडा चौपाया व्यवस्थापनका लागि गौशालाको निर्माण, लागू औषध दुव्र्यसनी नियन्त्रण लगायतका क्षेत्रमा काम गर्ने सोच मैले बनाएको छु ।

मैले अघि सारेकै एजेण्डा हेरेर मतदाताहरुले मलाई निर्वाचित गराउनुहुने छ । मैले वोलेको कुरा पुरा गर्छु त्यो कुरा सवैलाई थाहा भएको कुरा हो झुठो, उधारो आश्वासन दिदैन वोलेको कुरा गर्छु । मतदाता सामु गरेका प्रतिवद्धताहरु पूरा गर्छु त्यसैलाई आधार मानेर मतदाताहरुले मलाई अनुमोदन गर्नुहुनेछ ।

निर्वाचन जित्ने आधारहरु के के छन् ?

जित्ने आधार भनेकै मतदाता हुनुहुन्छ । उहाँहरुले मत दिनु भएरै निर्वाचित हुने हो । म अन्टेष्टेड उम्मेदवार हुँ यसअघि निर्वाचित भएकाले यस्तो पुल वनाउछु उस्तो सडक बनाउछु भन्नु भयो तर बनेनन । मैले जित्ने आधार ४ वटा छन । एक त गठवन्धन, उम्मेदवारको छवि, जनताको जनलहर र मतभार हो । मतभार हेर्दा गठवन्धनका सबै उम्मेदवारको जित निश्चित छ । जित्ने आधार सुनिश्चित भएको छ । मैले जितेको अनुभूति गरेको छु । म गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेद्वार हुँ र जितको नजिक छु ।

यहाँले मतदाता सामु के कस्तो प्रतिवद्धता जनाउनु भएको छ ?

कपिलवस्तु पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो, र यो क्षेत्र भौगोलिक रुपमा सुगमता छ । बाणगंगा नदी यस क्षेत्रको वरदान हो । त्यस्तै स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विषयमा दिर्घकालीन योजना बनाएका छौं । त्यसलाई कार्यान्वयन गर्न पनि जित आवश्यक छ ।

बाणगंगामा बसपार्क, ल्याण्डफिल्ड साइड निर्माण गर्ने, मायादेवी रंगशालालाई आधुनिक रंगशाला बनाउने । मधुवनधाम, कैलाश आश्रम, राजापानी, हथौसा मेलाहरुको सम्बद्र्धन र व्यवस्थापन गर्ने । कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने, सिद्धार्थ क्याम्पसलाई आधुनिकीकरण गर्ने, प्राविधिक कलेजहरु स्थापना गर्ने, जी।पि। कोइराला फाउन्डेसनको काम अघि बढाउने, देउवा सरकारल सुरु गरेको जनता माविमा पढ्दै पढाउदै कार्यक्रमलाई अन्य विद्यालयहरुमा संचालन गर्ने ।

पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पताललाई स्तर उन्नती गर्ने, प्रत्येक वडामा चिकित्सक नर्सिङ प्रोफेसनल फार्मासिष्ट र नियमित जाँचको लागि डायगनोस्टिक ल्याव सहित स्वास्थ्य सुविधा दिने योजना अघि सारेको छु । जेसीज भवनमा संचालनमा आउन लागेको मृगौला डायलोसिस सेन्टरलाई जति सक्दो चाडो संचालन गर्न सहयोग, पहल गर्ने र व्यवस्थित गर्ने ।

त्यस्तै सबै सडकहरुलाई हिलो धुलो मुक्त आधुनिक र सुरक्षित सडक निर्माण गर्ने, शहरी क्षेत्रमा सवै विद्युतिय तारलाई अण्डर ग्राउण्ड गर्ने, विभिन्न जातजातिको भाषा संस्कृतीको संरक्षण, बाणगंगामा थारु संग्राहलय वनाई थारु संस्कृतीको संरक्षण गर्ने, रासायनिक मल कारखाना स्थापना गर्न पहल गर्ने, बाणगंगा, कपिलवस्तु नगरपालिका, मायादेवी, र सुद्धोधन गाउँपालिका जोडेर बुद्ध चक्रपथ निर्माण गरी सहरी क्षेत्रमा ढलको वैज्ञानिक व्यवस्थापन गर्ने योजना अघि सारेको छु ।

निर्वाचित भएपछि यही क्षेत्रका जनताको सेवक भएर काम गर्नु हुन्छ भन्ने कसरी मतदाताहरुले विश्वास गर्ने ?

म जनताकै सेवक हुँ । यहाँका जनतासँग संगै सुख–दुःख साट्दै आएको छु । म निर्वाचित भएपनि नभए पनि सँगै रहन्छु । जनताको गुनासोलाई सम्वोधन गर्न, जनतासँग प्रत्यक्ष जोडिन सोही अनुसारको संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

अन्त्यमा ?

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन हामी सम्पूर्ण नेपालीहरुको साझा पर्व हो । यो पर्वलाई निस्पक्ष, भयरहित रुपमा सम्पन्न गर्नु तपाई हामी सबैको दायित्व र कतव्र्य हो । कपिलवस्तु क्षेत्र नं। १ ९१० का मतदाताहरुलाई गठबन्धनलाई निर्वाचित गराउन हार्दिक अपिल गर्दै निर्वाचन सम्पन्न गर्न सहयोग गर्न सबैमा विशेष अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल