कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्य पदका उममेदवार डोलकराम घिमिरे लामो राजनितिक यात्रा पछि इतिहास रच्ने दाउमा लाग्नु भएको छ । वि। सं २०३६ सालको जनमत संग्रहबाट प्रभावित भई २०४६ सालदेखि काँग्रेसबाट राजनीति आरम्भ गर्नु भएका घिमिरे सधैँ सरल र सन्त नेताको रुपमा यस क्षेत्रमा चिनिनु भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा समेत रहनु भएका घिमिरेले ४६ सालदेखि काँग्रेसको राजनीति गरेर महासमिति सदस्य हुनु भयो । हरेक निर्वाचनमा महाधिवेशन प्रतिनिधि मात्र बन्नु भयो । यो बाहेक काँग्रेस हाँक्ने कुनै कार्यकारी अधिकार उहाँले पाउनु भएको छैन ।
समाजमा आइपर्ने स–साना समस्यामा उहाँ जहाँ पनि पुगिहाल्ने र मर्दा–पर्दा या कसैलाई केही समस्या पर्दा पुलिस प्रशासन, अड्डा अदालत धाउने गरेकै कारण उहाँ प्रदेश सभा सदस्य पदको उम्मेदवारसम्म पुग्नु भएको छ । उहाँको उपस्थितिले टिकटको विषयले पार्टीमा हुने द्धन्द्धलाई पनि कम गराएको देखिन्छ ।
राजनीतिमा लागेर घिमिरेले खासै आर्थिक लाभ लिन भने सक्नु भएन । उहाँको एउटा सानो ब्यवसाय छ । घरको आर्थिक स्थिति पनि घिमिरेको मध्ययम नै छ । घिमिरेले अहिलेसम्म पाएको ठुलो पद भनेको कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्ष हो । घिमिरे अहिले आठौँ अध्यक्ष हुनुहुन्छ । उहाँको छविमा अहिलेसम्म कुनै पनि प्रकारको खोट देखिन्न । उहाँ सरल र सादगी नेताको रुपमा यस क्षेत्रमा स्थापित हुनु भएको छ ।
यस्तो ब्यक्तित्व बोकेका घिमिरेले अब जनप्रिय नेता विष्णु पन्थीलाई हराउन सक्छन् कि सक्दैनन् भन्ने कुरा जिज्ञासाको विषय छ । पन्थीलाई हराउन घिमिरलाई एकै दलबाट असम्भव नै हुने थियो तर अहिले गठबन्धनको साथ भएका कारण घिमिरेले जित्नेमा ढुक्क हुनुहुन्छ । यदि २०७९ को चुनाव जितेको खण्डमा घिमिरेले इतिहास रच्नु हुनेछ । त्यसपछि उहाँ अरु धेरै इतिहास रच्न अवसरमा पुग्नु हुनेछ ।
घिमिरेले जित्दा पहिलो अवसर नेपाली काँग्रेसले पाउने छ र उसले २०७४ सालमा हारेको बदला लिने छ । त्यस जितले क्षेत्र नम्बर एकमा काँग्रेसको दबदबा बढ्ने छ । यसको साथमा नगरपालिका गुमाएको आलो घाउ पनि घिमिरेको जितले टालिने छ । प्रदेश सभामा यस क्षेत्रबाट पहिलोपटक डोलकराम पुग्नु हुनेछ ।
प्रदेश जितेको खण्डमा घिमिरेले ब्यक्तिक तथा पारिवारिक जीवनमा पनि इतिहास रच्नु हुनेछ । उहाँको परिवारबाट राजनीतिमा लागेर यस उपलब्धि नजिक पुग्ने अरु कोही पनि छैनन् । चुनाव जितेको खण्डमा घिमिरे रातारात माननीय व्यक्तिको रुपमा चिनिने अर्को इतिहास बन्ने छ ।
राजनैतिक पृष्ठभुमि लामो भए पनि उनी आम सर्वसाधारणमा लुकेका पात्र हुन् । पार्टीले घिमिरेलाई चुनावको टिकट दिन्छ भनेर कमैले सोँचेका थिएन्न । राजनीतिमा एक्कासी सक्रिय भएर चाँडै प्रतिफल लिने नेताको इतिहास पनि घिमिरेले नै रच्नु हुने छ ।
एमालेका शक्तिशाली पन्थीलाई हराएमा घिमिरे साँसदमा मात्रै सिमित रहनुहुने छैन, सांसद बने कै कार्यकालमा मन्त्री बनेर अर्को इतिहास रच्ने पात्र पनि उहाँ बन्नुहुने छ । २०७४ मा पन्थीले जिते पनि उहाँ मन्त्री बन्न पाउनु भएन । घिमिरे मन्त्री बन्नु भयो भने क्षेत्र नम्बर १ का पहिलो मन्त्री उहाँ हुनेछन् । काँग्रेसमा शेर बहादुर देउवाको लाइन समातेर घिमिरेले राजनैतिक फड्को मार्नुभयो ।
अहिले काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण संग घिमिरेको निकै राम्रो सम्बन्ध छ । चुनाव जितेको खण्डमा एमालेको सरकार बन्दा मुख्यमन्त्री या पावरफुल मन्त्रालय लिने ग्यारेन्टी बोकेका एमालेका पन्थीलाई हराएमा घिमिरेले सोझै मन्त्रालय ताक्नुहुने छ ।
श्रोतका अनुसार चुनावमा जितको नतिजा आएमा घिमिरे मन्त्री बन्ने पक्का छ । किनकि गठबन्धनको नेतृत्वमा नै प्रदेश सरकार बन्ने छ । मतको आधारमा काँग्रेसको बाहुल्यता रहेको यस क्षेत्रमा गठबन्धन रहेका कारण घिमिरेले बाजी मार्ने आंकलन गरिएको छ । डोलकको इतिहास रच्ने यात्रामा अन्र्तघातको डर पनि उत्तिकै छ । यदि त्यो भएन भने डोलकरामले इतिहास रच्ने अवसर पाउने छन् ।