कपिलवस्तुको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अगाडि क्षेत्र नं। १ ९१० मा गठबन्धनका उम्मेद्वार डोलकराम घिमिरे र एमालेका उम्मेद्वार हुन विष्णु पन्थी। २०७४ को वाम गठबन्धनबाट लुम्बिनी प्रदेश सभामा ‘इन्ट्री’ गरेका पन्थीलाई अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार घिमिरेले टक्कर दिइरहेका छन् ।
दुवै जना जनताको मनमनमा बसेका स्वच्छ छविका नेता भएका कारण मतदातालाई पनि यसपाली यस क्षेत्रमा प्रदेश सांसद छान्न हम्यहम्मे हुने देखिन्छ । उनीहरु दुवैजना असल मित्र हुन् । यस्तो अवस्थामा ती दुई उम्मेदवारले के पाउने छन् अथवा गुमाउँछन रु
वि सं २०३६ सालको जनमत संग्रहबाट प्रभावित भई २०४६ सालदेखि काँग्रेसबाट राजनीति आरम्भ गरेका घिमिरे सधैँ सरल र सन्त नेताको रुपमा यस क्षेत्रमा चिनिन्छन् । सामाजिक अभियन्ताको परिचय बनाएका मर्दापर्दा देखि लिएर बाणगंगा क्षेत्रमा सबैको घर आँगनमा पुग्ने नेपाली कांग्रेसका नेता पूर्व महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे र एमालेका विष्णु पन्थीबीच यस क्षेत्रमा मुख्य प्रतिष्पर्धा हुनेछ ।
प्रतिनिधिसभा तर्फ ३ निर्वाचन क्षेत्र र प्रदेशतर्फ ६ निर्वाचन क्षेत्र रहेको कपिलवस्तु क्षेत्र नम्बर १ मा डोलकलाई टक्कर दिन पन्थी दोस्रो पटक निर्वाचनमा होमिएका हुन् । कपिलबस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा भद्र, पाका एवं हक्की स्वभावका नेताका रुपमा चिनिन्छन् ।
मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागी तत्पर डोलक र विष्णु दुवै सहकर्मी हुन् । डोलक बाणगंगा–१ बैरियाका स्थायी वासिन्दा हुन भने विष्णुको घर बुटवलमा छ । २०७४ सालमा बाम गठबन्धनबाट माओवादीको दरो साथ पाएका एमालेका पन्थी निर्वाचित भएका थिए ।
तर यो पटक त्यस्तो छैन बाम गठबन्धनको साथ विष्णुलाई छैन । यस पटक बाम–लोकतान्त्रिक गठबन्धनका कारण सत्ता साझेदार दल एकै ठाउँमा उभिएकाछन् । अर्कोतर्फ नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी भएको छ ।
गत बैशाखमा मात्रै भएको स्थानिय तहको निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर १ का १५ वडाका प्रमुख दलका वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस भन्दा एमाले केही मतले अघि छ । कांग्रेसका वडाध्यक्षहरुले २० हजार ५०२ मत ल्याएका थिए भने एमालेका वडाध्यक्षले २१ हजार १७० मत ल्याएका थिए ।
यस क्षेत्रमा गत स्थानीय तहको आधारमा कांग्रेस र एमालेको मत अन्तर जम्मा ६ सय ६८ मात्र हो । तर माओवादी वडा अध्यक्षहरुले पाएको मत ४ हजार ६३, एकीकृत समाजवादीका वडा अध्यक्षले पाएको मत ९६७, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्षले पाएको मत ८ सय ९८ गरी सत्ता गठबन्धनका दलहरुका वडा अध्यक्षहरुले प्राप्त गरेको कूल मत २६ हजार ४ सय ३० हुन जान्छ । यसरी सत्ता गठबन्धनको मत एमाले भन्दा यस क्षेत्रमा ५ हजार २६० बढी रहेसँगै सत्ता गठबन्धनको मतलाई आधार मान्दा गठबन्धनका साझा उम्मेद्वार डोलकराम घिमिरेलाई अवसर रच्ने अवसर भएको गठबन्धनका नेताहरु बताउँछन् ।
यस्तै जसपाका वडा अध्यक्षहरुले पाएको मत ४ हजार ३६८ रहेको छ भने जसपाको उम्मेद्वार यस क्षेत्रमा छैन र जसपासँग एमालेको गठबन्धन हुने भनिएता पनि अन्तिम समयमा आएर गठबन्धन हुन सकेन । कपिलवस्तुमा जसपा र एमालेले आ–आफ्नै उम्मेद्वारहरु चुनावी मैदानमा छन् ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा हाल कायम रहेको बाम–लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांगे्रस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको जीत लगभग सुचिश्चित भएको नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिका सदस्य राजेश ज्ञवाली बताउँछन्।
घिमिरे उम्मेद्वार भएसँगै यो पटक कांग्रेसमा गुट उपगुट नदेखिएको २०७४ मा पहिलो पटक कपिलबस्तु–१ ९१० माओवादी र एमालेको गठबन्धनबाट झण्डा गाडेका विष्णु पन्थीलाई यसपटक सत्ता गठबन्धन चुनौतीको पहाड बन्ने र विरासत गुम्ने डर सिर्जना भएको छ। २०७४ को चुनावी मैदानमा रहेका पन्थीलाई माओवादीले दरो साथ दिएको थियो । यो पटक माओवादीको साथ समेत नरहेको र एमाले पनि विभाजित अवस्थामा रहेकोले विष्णु पन्थीलाई विरासत गुम्ने डर भएको हो ।
२०७४ मा सांसद निर्वाचित भएका पन्थी जिल्लामा एमाले भित्रकै गुटको कारण लुम्बिनी प्रदेशको अर्थमन्त्री हुन नपाएकै एमालेकै नेताहरु बताउँछन् । पन्थी माधवकुमार नेपाल समूह निकट रहेकोले पनि उनलाई लुम्बिनी प्रदेशका तत्कालीन मुख्य मन्त्री शंकर पोख्रेलले अर्थमन्त्री नबनाएको एमालेभित्रै चर्चा हुने गरेको छ । तर एमाले विभाजन हुँदा नेपाल समूहका पन्थी अन्तिम समयमा एमाले मै बसेका थिए । तर डोलक निर्वाचित भएमा सिधै प्रदेश मन्त्री बन्ने सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन् ।
एमालेमा बसेका पन्थीले पछिल्लो सयम संघमा लड्न चाहन्थे र संघमा निर्वाचन लड्नका लागि तयारी तीव्र पारेका थिए, तर पन्थीले संघमा टिकट पाएनन । एमाले नेताहरुले क्षेत्र नं १ मा बलराम अधिकारीको बिकल्पमा बिष्णु पन्थी अथवा बिश्राम थारुलाई प्रतिनिधी सभा सदस्यका लागी उम्मेद्वारी खडा गरेको भए जीत सुनिश्चित रहेको दाबी गर्छन् ।
कपिलबस्तु–१ ९१० प्रदेश सभामा बाणगंगा नगरपालिका ११ वडा, मायादेवी गाउँपालिकाको वडा नं।।३ र कपिलवस्तु नगरपालिकाको वडा नं। ९, १० र ११ गरी १५ वडा पर्दछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता उम्मेद्वार विष्णु पन्थी पुनः दोस्रोपटक निर्वाचित हुनेमा आशावादी देखिन्छन् ।
२०७४ मा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पारेका पन्थीले योजनाहरुको कार्यान्वयनको प्रभावकारिता त्यति आशलाग्दो भने नदेखिएको र सोचे अनुसार काम नभएको जनगुनासा व्यापक छन् । केहीले पन्थीलाई विदेशमा भएका तर यहाँ हुँदै नभएका कामहरु फेसबुकमा राख्ने नेता भनेर पनि आरोप लगाउने गर्दछन् । यद्यपि, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले पन्थीको निर्वाचन क्षेत्रमा एमालेको जनमत राम्रो आएको प्रति आंशिक मतदाता उत्साहित देखिन्छन ।
यस्तै कपिलवस्तुको क्षेत्र नं। १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट पूर्व मन्त्री माओवादी नेता चक्रपाणी खनाल बलदेव, र एमाले नेता पूर्व संविधान सभा सदस्य बलराम अधिकारी चुनावी मैदानमा छन् ।
गत बैशाखमा मात्रै भएको स्थानिय तहको निर्वाचनमा कपिलबस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि रहेको छ । कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएका थिए । एमालेका वडाध्यक्षले २६ हजार ८२३ रहेको छ । त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ ।
हाल कायम रहेको बाम–लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार बलिया छन्। कपिलबस्तु–१ मा कुल मतदाता एकलाख ४१ हजार १३ रहेका छन् ।
सेयर