कपिलवस्तुको बाणगंगा नगरपालिकाका संस्थापक नगर प्रमुख मंगल प्रसाद थारुले देशको आवश्यकता, संविधानको रक्षा र स्थीर सरकारका लागि गठबन्धन आवश्यक भएको बताएका छन्।
वाणगंगा नगरपालिका वडा नं. ११ का मतदातासंग भेटघाट तथा अन्तरक्रिया गर्दै आफू बाणगंगा नगरपालिकाको मेयर हुँदा धेरै विकास निर्माणका कामहरु गरेको तर अरु पार्टीहरुले यो गर्छौ ऊ गर्छौ भनेर झूठा आश्वासन नबाढेको बताए । थारुले बाणगंगाको शिक्षा, स्वास्थ्य कृषि लगायतका क्षेत्रमा आफूहरुले काम गरेको बताएका हुन् ।
थारुले देशको विकास र समृद्धिका लागि गठबन्धन भएकोले गठबन्धन उम्मेद्वारहरु जित्नु पर्ने बताए। थारुले गठबन्धन सरकारले सुरुङमार्ग निर्माण, जनकपुरमा रेल सुचारु, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक विस्तार लगायतका महत्वपूर्ण काम गठबन्धन सरकारले गरेको बताए ।
घरदैलो गर्दै उम्मेद्वार थारुले सामाजिक सुरक्षाका कार्यक्रमलाई उच्च प्राथमिकता दिंदै आएको बताउदै ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, वाल पोषण भत्ता, ज्येष्ठ नागरिक, गरिब, विपन्न, एकल र अपांगता भएका व्यक्तिलाई सहुलियत रुपमा स्वास्थ्य सेवा, घरबार विहिनलाई जनता आवास कार्यक्रम मार्फत बासको व्यवस्था गर्ने लगायतका काम गठबन्धन सरकारले मात्र गर्न सक्ने बताए ।
कपिलवस्तु क्षेत्र नं। १ को विकास र समृद्धिका लागि थारुले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबाट गठबन्धन उम्मेद्वार क्षेत्र नं। १ संघमा माओवादी नेता चक्रपाणी खनाल बलदेव र क्षेत्र नं। १ ९१० प्रदेश तर्फ कांग्रेसका सन्त नेता डोलकराम घिमिरेलाई मत दिएर विजयी गराउन मतदातामा अपिल गरेका छन् ।
यस्तै नेकपा एमालेले क्षेत्र नं। १ मा एमाले नेता बलराम अधिकारी र १ ९१० को प्रदेश सभामा विष्णु पन्थीलाई उम्मेद्वार बनाएको छ ।