कपिलवस्तुको बाणगंगा नगरपालिकाकी उपमेयर रिता थारु आसन्न मंसिर ४ मा एमालेलाई मतदान गर्न भन्दै घरदैलोमा मत माग्न व्यस्त भएकी छन् ।
स्थानिय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी उप मेयर चौधरी सोमवार बाणगंगा ६ मा एमालेका उमेद्वार संगै मत माग्न जनताका घरदैलोमा पुगेकि हुन् ।
निर्वाचन आयोगले निर्वाचित जनप्रतिनिधिहरुलाई घरदैलो र चुनावी सभामा नजान र मत माग्न नपाईने आचारसंहिता उल्लङ्गन गरेकी हुन । यस अगाडी वडा नं ७ का वडाध्यक्ष विष्णु गिरी, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु पौडेल पनी एमालेको चुनावी सभामा मत मागेपछी विवादित बनेका थिए ।
निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ ।