स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड(१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले चुनाव केन्द्रित कार्यक्रमहरुमा भिडभाड गर्दा कोभिड(१९ को सङ्क्रमण दर बढ्नसक्ने बताउनु भयो ।
उहाँले देशमा कोभिड सङ्क्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गर्नुभयो । उहाँले भिडभाड बढी हुँदा अन्य प्रकारका सङ्क्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताउनु भयो । डा। अधिकारीले कोभिड(१९ विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भिडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको सङ्क्रमण अरु मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसाबले हामीले धेरै मानिसको भिडभाड हुने कुराहरुलाई जनस्वास्थ्यको हिसाबले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ ।ु
उहाँले विश्वव्यापी रुपमा कोभिड(१९ को सङ्क्रमण घटेको बताउनु भयो । देशमा पनि गएको समयभन्दा सहज अवस्था रहेको उहाँको भनाइ छ । तर पनि सङ्क्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । डा। अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड(१९ का सङ्क्रमितहरु रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कोभिड(१९ सङ्क्रमणको अहिलेको अवस्था हेर्दाखेरी विश्वव्यापी रुपमा केही देशहरुमा सङ्क्रमण बढेको देखिन्छ । प्रायः धेरै ठाउँमा त सङ्क्रमण ओरालो लागेको नै देखिन्छ । सहज अवस्था आएको पनि देखिन्छ । हामीकहाँ गएको समयभन्दा सहज अवस्था हुँदै गएको देखिन्छ । तर नयाँ भेरियन्टहरुको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरुदेखि र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ कि भन्ने कुरामा सतर्क रहनुपर्ने अवस्थाहरु देखिन्छ ।’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइ सकिएको तथ्याङ्क छ । उहाँले खोप लगाउने लक्षित जनसङ्ख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताउनु भयो ।
उहाँले ८० लाख मात्रा बुस्टर डोजको प्रयोग भएको पनि बताउनु भयो । उहाँले कोभिड(१९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिनुभयो ।नागरिकहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गरी कोभिड(१९ विरुद्धको खोप लगाउन पनि डा। अधिकारीले आग्रह गर्नुभयो ।