जिल्ला अदालत, बर्दियाबाट कैद र जरिवाना सजाय तोकिएका फरार अभियुक्तलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
०७८ साल मंसिर १ गते नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार जरिवाना तथा जबर्जस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद सजाय तोकिएका बारबर्दिया नगरपालिका ( २ का योगेन्द्र ज्ञवाली पक्राउ परेका हुन् ।
अभियुक्त ज्ञवाली लुकीछिपी रुपमा आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।
अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई कारागार पठाएको बोहोराले जानकारी दिएका छन् ।