अर्घाखाँचीमा निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न खानेपानीको पाइप वितरण गर्न लागिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले ती सामग्री जफत गरेको छ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार सोमबार निर्वाचन कार्यलयसहितको टोलीले उक्त खानेपानीको पाइप जफत गरेको हो। टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर– ६ मा पाइप समातेको घिमिरेले जानकारी दिए।
पाइप बाँड्न लैजाँदै गरेको थाहा पाएपछि हामीले पाइप बोक्ने गाडीलाई पच्छ्याएका थियौं। हामी आएको थाहा पाएपछि उनीहरुले गाडीमा नै पाइप छोडेर भागेका थिए,’ घिमिरेले भने ‘हामीले बाँड्न लगिँदै गरेको ५ बण्डल पाइप नियन्त्रणमा लिएका छौँ।’
अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी पक्षका मानिसले उक्त पाइप बांडन लग्दै गरेको फेला परेको घिमिरेले जानकारी दिए।