कतिपय मानिस स्वभावै ले अन्तर्मुखी हुन्छ्न। आफ्ना मन भित्रका सुखका कुरा हुन अथवा दुखका कुरा , उनिहरु अरुलाई सुनाउन सक्दैनन् यानकी उनीहरु आफुमै विक्षिप्त भएर बाचेका हुन्छन। जीवन एउटा यात्रा हो, यहाँ कैयौं सम्बन्ध गासिन्छ्न , रहन्छ्न र चाहादा नचाहादौ कुनै सम्बन्ध टुटेर जाने गर्छन। म केही समय अघि काठमाडौ देखि वुटवल सम्म को यात्रा तय गर्ने क्रममा एक अपरिचित व्यक्ति संग भेट हुन पुगे। सुरुमा बोल्न सम्म नसकेका हामी अन्तिम सम्म आउदा धेरै नै नजिक भएर दुख सुख साट्न सक्ने भयौं। उहाँ को मन भित्र अनेकन दुख र पीडा रहेको महसुस मैले गर्न पाए। हामी यस्तो समाजमा बाचेका छौ कि जहाँ हामी आफ्ना कुरा चाहेर पनि अरुलाई सुनाउन सकेका हुदैनौ। उहाँ को समस्या बुज्दा मलाई यो कुरा सेयर नगर्दा सम्म मन मा एक किसिम को छट्पटी रहि रह्यो। बाकी उहाँकै शब्दमा।
मैले उहासँग कैले आफुलाई सुरक्षित महसुस गरिन।
बाबाआमा को मन को रोजाइ र इच्छा मा मैले आँखा चिम्म गरेर एक अन्जान,अपरिचित ,अनि आफूभन्दा अलि वर्ष ठुलो ब्यक्ति संग सम्बन्ध गाँस्न पुगे १मेरो लागि बुबाआमाको ओठ मा हासो देख्न पाउनु मेरो सबै भन्दा ठुलो सफलता हात लाग्नु जस्तो लाग्यो।आमा को एउटै फैसला मेरा लागि अन्तिम निर्णय बन्न पुग्यो। कलकलाउदो उमेर ११ म जहिले एक्लै साझ मा घरको ताग्लो बाहिर जान डराउथे, मैले पराइको घर सम्म गएर जिम्मेवारी बोध कसरी गरुला, विवाह पछि म कसरी घर समालौला, के मैले बिहे गरेको ब्यक्ति ले मेरा अभिव्यक्ति, इच्छा चाहानाहरु बुझ्ला , के उता को आमाले मेरि आमाले जस्तै मलाई बुझ्नुहोला त जस्ता अनेकन प्रश्न हरुको एक मात्र जवाफ थियो म संग ूमेरा बाबाआमा को ओठ मा हासो छू यस्तै गहिरा प्रश्न हरुले मनलाई थिच्दाथिच्दै विवाह गर्न पुगे।
विवाहको दिन उहाँको हातबाट मेरो सिउँदोमा सिन्दुर नपरुन्जेल म होस मै थिए।मलाइ याद छ उहाँ संगै बसेर पुजा गरेको, जब दुलाहा ले बधुको सिर मा सिन्दुर राख्नुस भनेर मेरो सिउदो तर्फ एउटा लामो कपडा तेर्सो पारियो त्यो पल पछि को कुनै पल मलाइ याद नै रहेन। मैले विवाहकै रात महसुस गरे कि मेरा बुवाआमा को रोजाइ पनि गलत हुदो रहेछ।
उहाँको छुवाइमा मैले कति पनि आफुलाइ सुरक्षित महसुस गरिन। मैले अनेक सबाल गर्न थाले । मैले मेरा यावत इच्छाहरु सुनाएर प्रश्न गरे के मैले अझै पूरा गर्न हजुर को साथ पाउछु तरु उहाको एउटा मात्र जवाफ थियो ूविहे पछि पढेर कस्ले के नाप्यो ररुू म तेई पल टुटे, अनेक सपना बोकेकी म आफुले आफुलाई केही भनेर पनि सम्झाउन सकिन। विवाको एक दुई हप्ता यत्तिकै बित्यो आफन्तहरु चिनाउदा चिनाउदै।अब बल्ल मैले उहालाइ बुझ्ने अबसर पाउदै थिए । उहाको घर भनिने ठाँउ छाडेर कर्मथलो तिर लागे । उहाँ मसँग तेति खुलेर बोल्नुहुन्थेन, म सानै थिए, केटा मान्छे हो जिम्मेवारी ले च्यापेको भएर होला पनि भन्थे । घरिघरी आमालाई सुनाउथे अनि आमाले जे गर भनेर अराउनु हुन्थ्यो तेहितेहि गर्दै गए। तर पनि उहाले मलाई माया गर्नुहुन्छ जस्तो मैले आभास नै गरिन। मैले त केवल उहाँको हरेक शब्द ,छुवाइ,र शब्दमा समेत असुरक्षित महसुस गर्न थाले।
एक वर्ष जसोतसो बित्यो ,म उहाँले लिएको एउटा फ्ल्याटमा, मेरो निम्ति तेहि अँध्यारो कोठा मात्र प्यारो बन्यो।मैले आफुलाइ बिर्सन थाले।पुराना कुरा हरु मेरा लागि तेति सम्झनलायक बनेनन। म आफुलाइ समाल्न नसक्ने बने। सामाजिक सन्जाल हरु बाट टाढा हुन थाले।बुवाआमा लाई आफ्नो सबै हाल बताउन नसकेर त्यो उज्यालो कोठा लाई अन्धकार बनाएर सिरानी च्यापेर रुने,वाथरुम को ढोका लगाएर धारा खुला गरेर चिच्याउनु बाहेक म संग कुनै बिकल्पै थिएन, मेरो हाल बुझिदिने मैले त्यो अवस्थामा कसैलाइ भेटिन।
हरेक दिन को झै झगडा , उहाको त्यो निरन्तर मध्यपान पछि को मात र आवाज मैले सहनै सकिन। म बोल्न थाले , मैले मेरि आमा लाई सबै सुनाउन थाले ।मैले अठोट गरे कि म कुनै हाल मा उस्को छुवाइ बाट बच्ने छु। मैले मेरा अधिकार हरु खोज्न थाले। मैले म आफू गलत नभएपछी पक्कै दुख नपाउला, साथ दिने बुझिदिने कोइ त होला नि भनेर मन बुझाउन थाले। म आफुलाइ पहिलेको अवस्थामा फर्काउन खोजे। निरन्तर लामो समयको औषधि शेवन पछि मैले विस्तारै औषधि छाड्ने निर्णय गरे। मैले उस्को घर र उ बस्ने ठाउँ बाट टाढा हुन खोजे। कैले दिदिको घर कैले बुवा आमा को घर गरेर समय बिताउन थाले।भर्ना भएपछी परिक्षा मात्र दिन जाने म जनतन पास हुन्थे।
हरेक बिचलित अबस्था हरु पार गर्दै म आज को समय सम्म आएकी छु। तर पनि उहाँसग म कानुनी तरिकाले अलग छैन, त्यसैले उहाको घर प्रती को मेरो जिम्मेवारी लाई मेरो धर्म सम्झेर निभाएकी छु। म उहाँको डर ले आफू असुरक्षा मा नपर्ने निर्णय गरेकी छु। मैले उहाँ को शब्दशब्द मा असुरक्षित महसुस गरेको भएर होला म कैले उहाँसग खुसी हुन सकिन। आसा छ म जस्तै आफ्नो बारेमा केही नसोचि अन्जान मान्छे संग अन्मिएर आफू असुरक्षित महसुस गर्ने चेली हरुले पनि आफ्नो आवाज उठाउनु हुने छ। आसा छ मैले उहाँ संग महसुस गरेको त्यो असुरक्षा अब छिट्टै कानुनी तबर ले मैले तोड्न सफल हुने छु।
नारिको आफ्नै अस्तित्व छ,त्यसैले आफुलाइ असुरक्षित भएको ठाउँ र मान्छे बाट अलग हुनु पाउनु हाम्रो अधिकार हो।