आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कपिलवस्तुमा चुनावी माहोल तातेको छ भने उम्मेद्धारहरु आफ्नो पक्षमा चुनावी माहोल बनाउन व्यस्त छन् ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह (लौरो) लिएर प्रतिनिधि सभाका लागि उठेका इन्जिनियर देबेन्द्र कुमार शर्मा यतिबेला आफ्नो पक्षमा चुनावी माहोल बनाउन व्यस्त छन् ।
उनी यतिबेला कपिलवस्तु १ अन्र्तगत जनताको घर दैलोमा पुग्ने गरेका छन् भने मतदाताहरुसँग आर्शिवाद लिदै मत पनि मागिरहेका छन् । इन्जिनियरिङ विषयबाट अध्ययन गरेका शर्मा कपिलवस्तु १ बाट पुराना राजनितिक दलका उम्मेद्धारसँगै चुनावी प्रतिश्प्रधामा उभिएका हुन ।
उनले आफ्नो जित निश्चित रहेको दाबी पनि गरेका छन् । उनी भन्छन्, “कपिलवस्तुमा विकासका काम हुन सेकनन् । जनताको अवस्थामा परिवर्तन आउन सकेन । यस अघि पटक पटक संसदमा पुगेर मन्त्री समेत भएका नेताहरुले जनताको भावना बुझ्ने गरी काम गर्न सकेनन् । त्यसैले यसपटक मैले उम्मेद्धारी दिनुपरेको हो ।”
कपिलवस्तु १ मा शर्मा सँगै यतिबेला गठबन्धनका तर्फबाट चक्रपाणी खनाल बल्देव र एमालेबाट बलराम अधिकारी उम्मेद्धार छन् ।
यी दुबै नेताहरुलाई देबेन्द्रकुमार शर्माको उम्मेद्धारीले चुनौति थपेको छ ।
यसबाहेक नेपाली कांग्रेसबाट बिद्रोह गरेका ललित गुरुङ समेत चुनावी मैदानमा रहेका बेला गठबन्धनका उम्मेद्धारलाई टाउको दुखाइको विषय बनेको छ ।