एमालेवाट कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्ताले एमाले जसपा र राप्रपा बीच केहि जिल्लामा भएको सहकार्यले ओली नेतृत्वमा सरकार बन्न सहज हुने वताउनु भएको छ ।
उहाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्दै हरेक नागरीकको हित चाहने पार्टी एमाले रहेको भन्दै सबै नागरीकको जीवन शैलीमा परिर्वन ल्याउन एमालले पार्टीले जित्नु पर्ने बताउनु भयो ।मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिको विकास र रोजगारी समग्र विकासको आधार एमाले भएको भन्दै एमालेप्रति जनलहर भएको बताउनुभयो ।
कपिलवस्तु क्षेत्र न ३९१० का उम्मेदवार अर्जुन कुमार के सी ले एमाले पार्टी युवाहरुको जोश र पाका पुस्ताहरुको अनुभवलाई आत्मसाथ गर्दै अगाडि बढेको पार्टी भएको बताउनु भएको छ। विकास र परिर्वन गर्नको लाई उमेरले कुनै फरक नपर्ने बताउँनु भएको छ ।
परिर्वन गर्न उमेरले मात्रै कुनै काम नगर्ने बताउँदै भिजन र मिसन सहितको ब्यक्ति भए मानसिक रुपमा स्वस्थ छ भने शारीरिक रुपमा भएको समस्याले पनि फरक नपार्ने बताउनु भएको छ ।
स्थापनाकालमा २० जना विध्यार्थीहरुलको सहभागितामा अध्यापन भएको नेपाल आदर्श बहुमुखि क्याम्पसमा अहिले एक हजार बढि संख्यामा विध्यार्थीले अध्यान गर्ने बताउँदै विध्यालको पुर्वधार विकास र शैक्षिक क्षेत्रको परिर्वनको लागि आफु हरेकपल लागि पर्ने बताउनु भयो ।
प्रदेश सभामा २०७४ मा निर्वाचित पछि भौतिक पुर्वाधारको लागि ५० लाख नगद र एउटा स्कुल बस को ब्यवस्था मिलाएको बताउनु भयो ।
त्यस्तै स्वास्थ्य सेवा तर्फ र कृषि क्षेत्रमा पनि उल्लेख्य काम गरेको बताउनु भयो । हरेक नागरीकको जिवन स्तर समृद्ध हुने खालका विकासे योजना ल्याएर यस क्षेत्रलाई उत्कृष्ट बनाउले उदघोष गर्नु भयो ।
गत चुनावमा गरेका बाचा अनुसार अधिकांस ठाउँका सडहरुको निर्माण पुरा गरको बताउर्दै अधुरा बाकिँ योजना अव पुरा गर्ने बताउनु भयो । त्यस्तै घरदैलोको क्रममा पुग्नु भएका कपिलवस्तु क्षेत्र न ३ ९२० उम्मेदवार रजाउ खाँले एमाले आम नागरीकको सारथी बनेर काम गर्ने बताउनु भयो । नेकपा एमाका विकासे विकास मोडेल देखेर जनताको आकर्षण बढिरहँदा गठवन्धनको सरकारलाई छटपटी भइरहेको बताउनु भयो ।
आफु सडक, सिंचाई, शिक्षा,स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीका योजना ध्यानमा राखेर खगाडि बढ्ने बताउनु भयो।