नेपाली कांग्रेसले प्रदेश र सङ्घिय निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन रेडियो एफएम समन्वय तथा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।
कांग्रेसको प्रदेश र सङ्घिय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक एवम पार्टिका प्रबक्ता डाक्टर प्रकाश शरण महतको सभापतित्वमा बसेको समितिको बैठकले रेडियो एफएम मार्फत आगामी मसिर ४ गते हुने प्रदेश र सङ्घिय निर्वाचनमा पार्टीको पक्षमा प्रचार प्रार र समन्वय गर्न सो उपसमिति गठन गरेको जनाएको छ ।
उपसमितिको केन्द्रीय सदस्यमा कपिलवस्तुबाट सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर,तथा हाम्रो पाईला अनलाईनका सञ्चालक गणेश पोख्रेललाई रेडियो एफएम समन्वय तथा प्रचार प्रसार “उपसमितिको सदस्यमा चयन गरेको छ ।
पार्टिका प्रबक्ता एवम नेता डाक्टर प्रकाशसरण महतले शनिवार देखि नै पार्टिको समग्र अबस्था,गठबन्धनको आबश्यकता र बर्तमान परिस्थितिका बारेमा बिभिन्न जिल्लाको रिपोटिङ गर्न सुरु भएको छ ।