सेवा नै धर्महो र परोपकार नै पुन्य हो भन्ने भनाईलाई आत्म साथ गर्दै कपिलवस्तुको वाणगंगाका एक परिवारले स्वर्गीय छोरा नविन ज्ञवालीको वार्षिक पुन्य तिथीको अवसरमा कपिलवस्तुको वाल गृहलाई नगद सहित वालवालिका लाई एक छाक खाना खुवाएका छन् ।
वाणगंगा नगरपालिका वडा नं. ३ का ज्ञवाली परिवारले स्वर्गीय छोराको स्मृतीमा बुवा पिताम्बर ज्ञवाली र आमा मिना ज्ञवालीले बाल गृहमा रहेका वालवालिकाका लागि एक छाक खानाको व्यवस्थापन गर्दै नद रु १० हजार १ सय रुपैया सहयोग गरेका हुन । बाल गृहलाई सहयोग गर्दै दम्पती ज्ञवालीले छोराको वार्षिकीमा अनाथ वालवालिकाको लागि आर्थिक रकम सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको बताएका छन् ।
कपिलवस्तुको बालगृहले बालबालिकाको लागी गरेको सहयोगको मुल्याङ्कन गर्दै अरुले सहयोग भावना राख्नुपर्ने बताएका थिए ।यस्तै आफ्ना घरका परिवार सहित बालगृहमा उपस्थित भई उक्त अमुल्य सहयोग गरेको भन्दै दम्पती दुबैलाई नेपाल बाल संगठन जिल्ला कार्य समिती , तथा कपिलवस्तु बालगृह परिवारले धन्यवाद ज्ञापन गरेको छ ।