कपिलवस्तुमा नेपाल शिक्षक संघ प्रदेश कार्यसमितिले महिला शसक्तिकरण तथा संगठन सुदृढिकरण तालिम सम्पन्न गरेको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहल जितपुरमा सम्पन्न भएको तालिममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष दिपक कुमार ज्ञवालीको अध्यक्षता सहित केन्द्रिय महासचिव सोमनाथ गिरीको प्रमूख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा उप महासचिव धना भण्डारी र कपिलवस्तु १ क का प्रदेश सभा सदस्य पदका उम्मेद्धार डोलकराम घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश उपाध्यक्ष शान्ती योगी, महासचिव सीता शर्मा, उप महासचि इन्द्रमणी पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघमा आबद्ध विभिन्न विभाग र समितिका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता रहेको थियो ।