तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।
चितुवाको आक्रमणबाट ११ वर्षीया बीना चेपाङको ज्यान गएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घरबाट सानिमाको घर जाने क्रममा बिहान साढे ६ बजे बीनालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गएको असारमा चितुवाको आक्रमणबाट एक जना बालकको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए ।