नेकपा माओवादी केन्द्र शितगंगा नगरपालिकाका नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख छविलाल पौडेलसंग रुष्ट बनेका छन् ।
अर्घाखाँची शितगंगा नगरपालिकाको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनावमा होमिएका कांग्रेस९माओवादी बीच मन मुटाव सतहमा आएको हो ।
माओवादी शितगंगा नगर कमिटीले नगर प्रमुख पौडेलको कार्य शैली प्रति विरोध गर्दै खेद प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।
नगर प्रमुख पौडेलले मिलेर चुनाव लडे पनि योजना निर्माण, बजेट विनियोजनमा पक्षपात पूर्ण व्यवहार गरेको माओवादी नगर कमिटीको आरोप छ ।
‘हाम्रै मतले कांग्रेसले मेयर जितेको हो । कांग्रेसको दम्भ बढ्यो । हामी संग कुनै सहकार्य गर्न खाजि दैन्, योजना निर्माण, बजेट विनियोजनमा पक्षपात पूर्ण व्यवहार भयो, एक माओवादी नेताले भने, ‘यस्तै हो भने आसन्न मंसिर ४ को निर्वाचनमा पनि सोच्नु पर्ने स्थिति छ ।’
आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई माओवादीले भोट दिनु पर्ने गरी गठबन्धन छ ।
ती नेताले कांग्रेसको कार्य शैलीका कारण भोट दिन सोच्नुपर्ने स्थिति आएको बताउँछन्