प्रतिनिधिसभा अन्तर्गत कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्री समेत रहेका खनाल र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संबिधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो ।
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन अधिकारी निर्वाचनमा होमिएका हुन् ।
यी दुवै नेता बीच ०७० को संविधान सभा निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । जहाँ अधिकारीले चुनाव जितेका थिए ।
कपिलवस्तु–१ मा दुवैतर्फका यी उम्मेदवार जिल्लामा पाका एवं हक्की नेताका रुपमा समेत परिचित छन् ।
मंसिर ४ को आमनिर्वाचनमा र बलदेव र बलराम बिगतको निर्वाचनमा साझेदार सहकर्मीका रुपमा रहेका थिए । ०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका खनालले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए ।
उक्त निर्वाचनमा कांग्रेसका उम्मेद्वार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । ०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले बाम–लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा सत्ता साझेदारका रुपमा रहेका छन् ।
गत बैशाखमा मात्रै भएको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरुको मतलाई आधार मान्दा कांग्रेस नै अघि रहेको छ । कांग्रेसका वडाध्यक्षहरुले २८ हजार २७१ ल्याएका थिए । एमालेका वडाध्यक्षले २६ हजार ८२३ रहेको छ ।
त्यस्तै जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ ।
हाल कायम रहेको बाम–लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारको जीत सुनिश्चित देखिन्छ ।
कपिलवस्तु–१ मा कुल मतदाता एक लाख ४१ हजार १३ रहेका छन् । स्थानीय तहको निर्वाचनको मतसंख्यालाई आधार मान्दा पनि क्षेत्र नम्बर १ मा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार खनाल जीतको नजिक देखिन्छन् ।
०७४ को चुनावी मैदान उत्रने तिब्र इच्छा राखेका अधिकारीले अहिलेका प्रतिस्पर्धी खनाललाई सहयोग गरेका थिए । पछिल्लो समयमा एमालेसमेत विभाजित रहेको अवस्थाले बलरामलाई चुनौती थपिएको छ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०का प्रमुख राजनितिक सल्लाहकार समेत भैसकेका बलदेव २०७४ मा कपिलवस्तु १ वाट निर्वाचित भई कृषिमन्त्री भए । उनको कार्यकाल छोटो भए पनि मुख्य गरी जमिन र कृषिमा नीति निर्माणमा काम गरि जमीनको व्यवस्थापन ४ प्रकारबाट गर्ने कार्य आरम्भ गरेका थिए ।
उनले व्यवसायिक, कृषि, उद्योग र सुकुम्वासिका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाईन प्रणालीमा ल्याउने काम समेत गरे । जमीनको चक्लाबन्दिको विषय र “कृषिमा यूवा” भन्ने कार्यक्रम जो निकै प्रभावकारी थियो । तत्कालिन अवस्थामा भारतीय खसीबोका आयातमा कढाई गर्ने र धुलो दुध आयातमा कटौती गरि स्वदेशी उत्पादनलाई बढावा दिने कार्य बलदेवको मन्त्री हुँदाको प्रमुख र ऐतिहासिक कार्य थिए । तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लागु गर्न नदिएपछि बलदेवले पदवाट राजिनामा दिए । कृषिजन्य वस्तु आयातमा खसि बोका प्रतिबन्ध, सात ओटै प्रदेश र कपिलवस्तु गरि आठ ओटा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने योजना ओलिलाई सुनाएका थिए लुम्विनीको कपिलवस्तुमा सोही अुनसारको योजनाकार्यान्वनमा पनि आई सकेको छ ।
कपिलवस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेद्वार अधिकारी पुनः दोस्रोपटक निर्वाचित हुनेमा बिश्वस्त देखिन्छन् ।
मधेसमा यसपाली एमालेको पक्षमा ठूलो जनलहर आएको छ । मधुसुधन चौधरी सहित लोसपाको सिंगो जिल्ला कमिटी एमालेमा समाहित भएको छ । जसपा र एमाले बीच चुनावी तालमेल घोषणा भएको छ । दान वहादुर चौधरीसहितका नेता एमालेमा आएका छन् ।
सत्ता गठबन्धनवाट फैजल खान जस्ता प्रभावशाली उम्मेदवार वागी रहेका छन् । एकएक जसपावाट कांग्रेसमा लागेका सहसराम भन्दा फैजल नै बलिया देखिएका छन् । फैजलको मत संघमा सत्ता गठबन्धनलाई नजाने निश्चित छ ।
यी सबै कारणले एमालेका बलराम अधिकारीले यसापाली बाजी मार्ने आकलन रहेको छ । भौतिक निर्माण तथा पूर्वाधारहरुको बिकासमा उक्त क्षेत्रमा एमालेकै तत्कालिन सांसद बिश्राम प्रसाद थारुले अग्रणी भूमिका खेलेका थिए ।
तत्कालिन योजनाहरुको सुरुवातकर्ता थारुलाई जाने थारु अगुवाहरुको ठम्याई छ ।