सिर्जना आचार्य कपिलवस्तु, कात्तिक ३
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नंं.१ (क) प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थीले बाणगंगाको पट्नालाई सडक संजाल र पुलको विकास गर्दै पुर्वाधार विकासमा जोड्ने काम अगाडि बढाएको बताउनुभएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाणगंगाका विभिन्न वडामा मतदाता भेटघाटका क्रममा उहाँले पट्नाको विकासमा आफु तल्लीन रहेको बताउनुभयो ।
त्यस्तै गोबड्डिहवा, पिपरा–धरमपुर, मेचकुरी पट्ना–पतरिया, लवनी–सिवलवा हुंदै नेपाल भारत सीमा सम्मको सडक खण्ड कालोपत्रे समेत प्रदेश सांसद हुंदा पन्थीकै पहलमा भएको हो । यता बैदौली, कोपवा—देउवापार हथौसा, वरवा—सोनपुर पट्ना हुंदै रुपन्देही जोड्ने सडकखण्ड र ओदारी भड्सडवा प्रगतिनगर, पट्ना हुंदै रुपन्देही जोड्ने सडकखण्ड पनि पन्थीकै पहलमा कालोपत्रे गर्ने प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । त्यस्तै पन्थीकै पहलमा प्रदेश सरकारको बजेटमा बनगवाको काठेपुल हटाई पक्कि पुल निर्माण भएसंगै स्थानीयलाई धेरै सहज भएको भेटघाटका क्रममा मतदाताले बताएका छन् । भावपुर बनकट्टी भेलरैया बहादुरपुर विरपुर मिलन चोक हुंदै नौगैया सडकलाई कालोपत्रे गर्ने प्राथमिकतामा राखेकाले एमालेको सरकारले पुरा गर्ने बताउनुभयो । त्यस्तै पट्ना स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि बर्थिङ सेन्टर सञ्चालन गर्ने र प्राविधिक धार तर्फको शिक्षालाई यथाशिघ्र सञ्चालन गर्ने बताउनुभयो । अबको ५ बर्षमा पट्नालाई उज्यालो पट्ना बनाउने पन्थीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै भलवाडमा मतदाता भेटघाट गर्दै उहाँले बाणगंगाका ७ र ९ वडा जोड्ने कोईली पुलको निर्माण कार्य सम्पन्न गर्नमा आफु लागिपर्ने बताउनुभयो । बनगाई—डोहोटे सडक खण्ड स्तरोन्नति तथा कालोपत्रे तथा धार्मिक स्थल कपिलधामलाई सुन्दरीकरणमा पन्थीको विशेष योगदान रहेको छ । जिनुवामा रहेको शुद्धोधन जनजीवन माविको भवन निर्माणका लागि आफ्नै पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन भएको बताउनुभयो ।
क्षेत्र नं. १ (ख) प्रदेश सांसदका उम्मेद्वार मधुसुदन शरण चौधरीले आफ्नो क्षेत्र भित्रका मतदाताहरुसंग भेटघाटलाई तिब्रता दिनुभएको छ । जनताका आधारभुत आवश्यकता र अपुरा विकासका कार्यहरुलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुद्धोधनको लवनी लगायतका विभिन्न स्थानका मतदातासंग भेटघाट गर्दै चौधरीले मतको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्वच्छ छवि भएका ईमान्दार उम्मेद्वार चौधरीलाई मत दिई जिताउने मतदाताले प्रतिक्रिया दिएका छन् ।