सिर्जना आचार्य कपिलवस्तु, कात्तिक ३
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले नेकपा (एमाले) जनताको पार्टी भएकाले आगामी निर्वाचन पछि एमालेको बहुमतमा संघीय र सबै प्रदेश सरकार गठन हुने बताउनुभएको छ ।
बाणगंगाका विभिन्न स्थानका मतदाता भेटघाट तथा पार्टीका सम्पर्क कार्यालय उद्घाटनका क्रममा एमालेको सरकारले राष्ट्रिय पुंजीको आधारमा जनतालाई शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, विद्युत आदि विकासको पहुंचमा लैजाने बताउनुभयो । अधिकारीले देशभरका जनताले सुर्य चिन्हमा भोट हालेर जनताका आधारभुत आवश्यकताहरु र गठबन्धन सरकारले अलपत्र पारेका विकास निर्माणका कामहरु एमालेको सरकारले पुरा गर्ने दावि गर्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले शिलान्यास गरेका देशभर ५ सय भन्दा बढी अस्पताल, संयौ सडकहरु गठबन्धन सरकारले खारेज गरि जनता माथि प्रहार गरेकाले त्यसको परिणाम अब जनताले देखाउने बताउनुभयो ।
पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज गिरधारीलाल न्यौपानेले गठबन्धन सरकार सेटिगंबाट चलेको बताउदै देशको विकासका लागि जनादेशको सरकार आवश्यक रहेको बताउनुभयो । बाणगंगा ९ भलवाडमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै जनमतबाट बन्ने एमालेको सरकारले मात्र देशको विकास गर्न सक्ने बताउनुभयो । प्रदेश सभा सदस्य तर्फ समानुपातिक उम्मेद्वार समेत रहनुभएका न्यौपानेले एमालेको सरकारले बजेट समेत पछर््यौट गरेका विभिन्न योजनाहरु गठबन्धन सरकारले हटाएको भन्दै ती योजनाहरु पुरा पार्टीले जित्नुपर्ने बताउनुभयो । न्यौपानेले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धेरै मतान्तरले विजयी हासिल गर्ने दावि गर्नुभयो ।