बुधबार सिटिजन लाईफ इन्स्योरेन्स जीतपुर र चन्द्रौटा शाखाको संयुक्त आयोजनामा जीतपुर शाखामै सम्पन्न भएको रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत सन्कलन गर्न सफल भएको छ।
कम्पनीको पाँचौ वार्षिकोत्सवको दिन जीतपुर र चर्न्द्रौटा शाखाले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम सफलतापुर्बक सम्पन्न गरेको छ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता थियो भने कम्पनीका क्षेत्रीय शाखा प्रमुख लक्ष्मण मरासिनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम संचालक जीतपुर शाखाको शाखा प्रमुख सम्झना आचार्यले गर्नु भएको थियो भने चन्द्रौटा शाखा प्रमुख सागर पान्डेको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्राविधिक सहयोग तथा आतिथ्यता नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखा को अध्यक्ष शंकर पान्डे रहनु भएको थियो भने इलाका प्रहरी कार्यलय कोपवा र पिपरा प्रमुख , कम्पनीका कर्मचारी , एजेन्सी मेनेजरहरु , सिटिजन लिडर्स लगायत विभिन्न समाजिक संघ संस्था बाट उपस्थित रहेको थियो।