नेपाली कांग्रेस नेतृ तथा पुर्व उप सभामुख पुष्पा भुषालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा भुटा आश्वासन बाड्ने उम्मेद्धवारलाई भन्दा सहि सच्चा र क्षमतावान उम्मेद्धवारलाई मतदान गरि जिताउनका लागि जनतासमक्ष आग्रह गर्नु भएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा मंगलबार नेपाली अर्घाखाँची कपिलवस्तु सम्पर्क समाज समितीद्धारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो गठबन्धन लोकतन्त्रको रक्षा र संबिधानको रक्षाका निम्ती रहेको भन्दै जब देश संकट तर्फ जान्छ तब देशलाई जोगाउनका निम्ती नेपाली कांग्रेस सहित अहिलेको गठबन्धन सदैब अग्रसर रहदै आएको बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य पदका लागि अर्घाखाँची जिल्लाबाट उम्मेद्धार समेत रहनुभएका नेतृ भुषालले दुईतिहाईको ओली सरकारको अंहकारले देशले दुःख पाएको पनि दाबी गर्नुभयो । खोक्रा राट्रबादका कुरा गरेर जनताको आखाँमा छारो हाल्ने काम बाहेक ओली सरकारले केही गर्न नसकेको आरोप समेत उहाँको थियो ।
यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दे नेकपमा माओवादी केन्द्रका सचिव एवम् कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धार चक्रपाणी खनाल बल्देवले यो गठबन्धन अहिले चुनाबका लागि मात्र बनेको गठबन्ध नभई आगमी पाँच वर्षको स्थायी सरकार निर्माण र विकासको कामका लागि बनेको गठबन्धन रहेको दाबी गर्नुभयो । उहाँले निर्वाचनमा चुनाव चिन्ह रुख, सूर्य, कलम, गिलास जे भएपनि फरक नपर्ने भन्दै उहाँले भन्नुभयो, बरु हाम्रो सोचाई के हो भन्नेमा भर पर्छ उहाँले भन्नु भयो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ र अर्घाखाँची जिल्लाका संयुक्त लोकतान्त्रीक गठबन्धनका उमेद्धवारहरुको उपस्थीती रहेकोको कार्यक्रममा अर्घाखाँची जिल्लामाबाट बसाई सराई गरेर आएका नागरिकहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा अर्घाखाँची कपिलवस्तु सम्पर्क समाज समितीका सभापति तुल्सीराम घिमिरेको अध्यक्षता , नेपाली कांग्रेसकी केन्दीय सदस्य तथा पुर्ब उप सभामुख पुष्पा भुषालको प्रमुख आतिथ्यता ,नेकपा माओवादीका केन्द्रका सचिब तथा पुर्व कृर्षि मन्त्री बलदेब खनालको बिशिष्ट आतिथ्यता रहेको थियो ।
यस्तै गठबन्धनबाट उमेद्धवार बनेका कपिलवस्तु क्षेत्र नं. १ क का प्रदेश सभाका उम्मेद्धवार डोलकराम घिमिरे, नेपाली कांग्रेस अर्घाखाँची पुर्व पार्टी सभापति बिष्णु खनाल मुस्कान, कपिलवस्तु निर्वाचन परिचालन समितिका चुनावी कमाण्डर अतहर कमाल मुसलमान लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा सम्र्पक समितीका उप सभापति रोमलाल खनालको स्वागत सहित समितीका महासचिव गोबिन्द पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।