पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–२ र रामग्राम नगरपालिका–५ बाट अवैध चिनी लोड गरिएका दुई वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भैरहवा परासी सडकखण्डबाट झण्डै ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।
बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा राखिएको छ ।