काठमाण्डौ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । आज बुधवार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, धादिङ, गोरखामा पनि महसुस गरिएको छ ।