बर्दियामा जबर्जस्ती करणी र कर्तव्यज्यान मुद्दाका दुई जना फरार अभियुक्तहरू पक्राउ परेका छन् ।
जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्त मधुवन नगरपालिका(३ का भिख्खु थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २ वर्ष ११ महिना ४ दिन कैद सजाय भएका थारुलाई घर निजकै बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।
०७२ साल वैशाख ५ गतेको अदालतको फैसलाले थारुलाई कारागार पठाइसकेको छ । यस्तै जिल्ला अदालतको फैसलाले कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त पक्राउ अरुण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गेरुवा गाउँपालिका—६ का अरुण चौधरीलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जनाए । अदालतले ०७७ भदौ ३० गते चौधरीलाई १ वर्ष ५ महिना ४ दिन कैद सजाय गरेको थियो । उनलाई १० हजार जरिवाना पनि तोकिएको छ । अदालतको आदेशले उनलाई कैद भुक्तानीका लागि कारागार पठाइएको छ ।