नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ संघ र प्रदेशसभातर्फ जितेका सबै सांसदलाई फेरि उम्मेदवार बनाएको छ ।प्रति निधिसभातर्फ लुम्बिनीका २६ सिटमध्ये नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा ५ सिटमा मात्रै जित हासिल गरेको थियो भने प्रदेशसभाका ५२ सिटमध्ये ७ सिटमा जितेको थियो ।
ती सबै क्षेत्रमा अहिले तिनैलाई पार्टीले दोहो(याएर उम्मेदवार बनाएको हो । लुम्बिनी प्रदेशबाट कांग्रेसले २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ जितेका पाँच सिटमा रुपन्देही क्षेत्र नं। ४ बाट प्रमोद यादव, सोही जिल्लाको क्षेत्र नम्बर ५ बाट भरत शाह, बर्दिया–१ बाट सञ्जय गौतम, नवलपरासी पश्चिम–२ बाट देवेन्द्रराज कँडेल र कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह हुन् ।
आसन्न निर्वाचनका लागि गठबन्धन गर्दा नै नेपाली कांग्रेसले जितेका क्षेत्रहरू नछाड्ने सहमति अनुसार विगतमा आफूले जितेका क्षेत्रमा पुरानै उम्मेदवार दोहोरिन पाएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले बताए ।