सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन्।
डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको भनाई छ।
‘यो २०१८ साल पछिकै ठूलो बाढी हो। यसले निकै ठूलो क्षती पुर्याएको छ। थोरै भए पनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु। यो पालिका प्रमुखमार्फत् एकद्वार प्रणालीबाट वितरण हुनेछ,’ मन्त्री चौधरीले भने।
दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्ने उनले बताए। मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए।