दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाँउबाट ५ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोईनसहित सोही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय सरोज महरा क्षेत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवास्थित आँपको बगैँचाबाट १३ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित सोही नगरपालिका–१२ मानपुर बस्ने ३१ वर्षीय ओम प्रकाश पाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।