दाङको तुलसीपुरमा खोलामा बगेर तीन वर्षीय बालकको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराको श्रवण टोल बस्रने जीवन बस्नेतका छोरा ललित बस्नेतको खोलामा बगेर ज्यान गएको हो।
गहते खोला र पातुखोलाको दोभानमा लुगा धुन गएकी आमासँगै गएका बालक खोलामा बगेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार बालकको शव झन्डै एक सय मिटर तल झाडीमा भेटिएको थियो ।