संयुक्त लोक तान्त्रीक गठबन्ध क्षेत्र नं. १ क को प्रदेश स्तरीय निर्वाचन प्रचार प्रसार सम्पर्क कार्यालय कपिवस्तुको चार नम्बर जितपुरमा समुद्घाटन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनीधी सभा सदस्य पदका उम्मेद्धवार चक्रपाणी खनाल बलदेवले संयुक्त गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गर्दै गठबन्धनका उम्मेदवाह? जितको नजिक रहेको दावी गर्नुभयो । आफुले गत निर्वाचनमा निर्वाचित भएर धेरै बिकासका योजना तथा बजेट ल्याए पनि प्रचार जनता माझन नलगेको कारण पनि यस क्षेत्रका केही अन्य पार्टीका उम्मेद्धवारले जनताको आखामा छारोे हाल्ने काम गरेको शुन्नामा आए पनि त्यसलाई आफु मतदाताको घर दैलोमा झुटा आश्वासन बाडेर भन्दा पनि साचो आश्वासन दिएर मन मतदाताको मन जित्ने गरि आफु चुनिर्वाचनमा लाग्ने बताउ दै लोकतान्त्रीक गठबन्धनको प्यानललाई बिजयी गराउनका लागि गठबन्धका आम कार्यकर्तालाई आग्रह गर्नु भयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दैं कपिलवस्तु क्षेत्र नं १ प्रदेश सभा क का उम्मेदवार डोलकराम घिमिरेले सामाजिक क्षेत्र देखि कटिबद्ध रहदै व्यवसायीको हक हितका निम्ती पनि एउटा व्यवसायीह?को संस्था उद्योगा वाणिज्य संघको संस्थाको नेतृत्व गरेर धेरै कामह? गरेकोले आफु निर्वाचित भए पछि बिपन्न परिवार ,अपांग , एकल महिला ,जेष्ठनागरिक ,व्यवसायीह?को हकहितमा काम गर्ने ,कृर्षि क्षेत्रलाई व्यवसायीकता तर्फ लैजाने, कपिलवस्तु जिल्ला लागु औषधको बिगबिगी रहेको हुदा त्यसको रोथामका लागि आफुले पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनु भयो । लोकतान्त्रीक वाम गठबन्ध मिलेर निर्वाचनमा होमिदा जित सुनिश्चित भएको बताउनुभयो ।
कार्यक्रममा संयुक्त लोक तान्त्रीक गठबन्ध क्षेत्र नं. १ क को प्रदेश स्तरीय निर्वाचन प्रचार प्रसार समितीका संयोजक दुर्गाबहादुर के.सीको अध्यक्षता ,क्षेत्र नं. १ प्रतिनीधी सभा सदस्य पदका उम्मेद्धवार चक्रपाणी खनाल बलदेब, बिशिष्ट अतिथी क्षेत्र नं १ प्रदेश सभा क का उम्मेदवार डोलकराम घिमिरे , पुर्व सांमसद लोकतान्त्रीक गठबन्धका जिल्ला संयोजक अंत्तहर कमाल मुसलवान , अतिथी माओवादी केन्द्रका जिल्ला संयोजक बिष्णु बेल्वासे सचिव बिष्णु शाह, केन्द्रीय सल्लाहकार टिकाराम पन्थी ,जन मोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, नेपाल कृर्षि श्रमिक संघकी केन्दीय सदस्य,बिमला गैरे, संयुक्त लोक तान्त्रीक गठबन्ध क्षेत्र नं. १ क को प्रदेश स्तरीय निर्वाचन प्रचार प्रसार समितीका सह संयोजक हुमनाथ पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क की सचिव बष्णु मल्लेले गर्नु भएको थियो ।