नेपाली कांग्रेसले दाङको निर्वाचन क्षेत्र नम्बर १ को २ मा २८ वर्षीय अनुराग खड्कालाई प्रदेश सभा सदस्य पदको उम्मेदवार बनाएको छ । अनुराग स्व। नेता खुमबहादुर खड्काका छोरा हुन् । टिकट पाएपछि अनुरागले आफूजस्ता युवालाई टिकट दिलाउन भूमिका खेल्ने सबै अग्रज नेता तथा समर्थकलाई धन्यवाद दिनुभयो ।
टिकटका लागि पार्टीभित्र आन्तरिक दौडधुप भए पनि पार्टीले टिकट दिएपछि सबै मिलेर जाने र गठबन्धनको पक्षमा माहोल बनाउन जुट्न जरुरी रहेको अनुरागले बताउनुभयो ।
अनुराग पार्टीको २०७८ साल मङ्सिर ४ गते भएको अधिवेशनमा दाङ निर्वाचन क्षेत्र नं। १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक बढी मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । उहाँ जिल्लाकै सबैभन्दा कान्छो केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
स्व। नेता खुमबहादुर खड्काका एक्ला छोरा अनुरागले बेलायतबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । बुवाको अवशानपछि उहाँ राजनीतिमा सक्रिय हुनुभएको हो ।