कपिलवस्तुका पूर्व एमाले नेता नेत्र गिरीले आसन्न मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
बाणगंगा नगरपालिका वडा नं . ७ का गिरीले प्रतिनिधिसभा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।यस क्षेत्रबाट नेकपा एमालेले बलराम अधिकारीलाई उम्मेद्वार बनाएको छ । भने गठबन्धनबाट बलदेव खनाललाई उम्मेद्धार बनाएको छ । गत बैशाख ३० को स्थानीय तह निर्वाचनमा वडा नं. ७ को वडाध्यक्षमा चुनाव लडेका गिरी त्यस यता विभिन्न सामाजिक काममा सक्रिय हुँदै आए पनि कुनै दलमा आवद्ध भएका थिएन्न् ।
जीवनका लामो समय नेकपा एमालेको राजनीतिमा समर्पित गिरी पार्टीबाट विद्रोह गर्दै वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार बनेका थिए । त्यस लगत्तै पार्टीले उनलाई साधारण सदस्य नरहने गरी निष्काशन गरेको थियो ।
०४३ सालमै जनपक्षिय उम्मेद्वार बनेका गिरी एमाले कपिलवस्तुकै लोकप्रिय नेतामा पर्थे । ०५९ र ०५४ सालको साविक मोतिपुर गाविस ९हालको वडा नं। ७ र ८० को गाविस अध्यक्ष भएर जनताको सेवा गरेका नेत्र यस क्षेत्रका लोकप्रिय नेता हुन् ।
भूमिगतकाल देखि नै राजनीतिमा सक्रिय नेत्रले कुनै पेशा र व्यवसाय गरेनन् । जीवनले बुढ्यौलीको रुपमा लगि सकेका नेत्रको सिंगो जीवन एमालेको राजनीतिमा वित्यो ।
पुनः वडाबासीको चाहनाले यो निर्वाचनमा वडाध्यक्ष बन्ने सुरसार गरेका नेत्रलाई अन्तिममा पार्टीले टिकट दिएन् । त्यसको विद्रोह स्वरुप उनले आफ्नो राजनीति इतिहासलाई नै दाउमा राखेर जनताको अदालतमा उभिएको घोषणा गरेका थिए ।