आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशमा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच ५२ सिटमा तालमेल हुने भएको छ ।
आज शनिबार बिहान भएको छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलको सहमति पत्रमा हस्ताक्षर भएको एमाले महसचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ । तालमेलअनुसार एमालेले ३५ र जसपाले १७ सिट पाउने भएका छन् ।
तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र सहकार्य चुनावपछि पनि रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।