लगातार तिन दिनको वर्षका कारण वाणगंगा नदिको बहाव बढेको छ । नदीमा पानीको बहाव बढ्न थाले सँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ ।
कपिलवस्तु प्रशासनले नदि किनारका आम सर्वसाधारणलाई सचेत रहनका लागि आग्रह समेत गरेको छ । कहि कतै केही समस्या आई परेमा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखेको जनाएको छ ।
नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको प्रशासनले जनाएको छ । तिन दिन देखि लगातार आएको वर्षाका कारण मंगलबार देखी वाणगंगा नदिमा पानीको बहाव बढ्न थालेको हो ।
नदीको बहाव बढ्दो क्रममा रहे पनि नदिले कुनै पनि क्षति नगरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।