कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ५ ले चौथो वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ ।
वाणगंगा नगरपालिका वडा नंं ५ कोे आर्थिक सहयोग तथा मधौलिया टोल विकास संस्थाको आयोजनामा बैकुण्ठपुरको खेल मैदानमा गत असोज ११ गते देखि सञ्चालित खेल असोज १७ गतेका दिन आज समापन भएको हो । सो खेलमा वडा भित्रका ८ वटा टोल विकास संस्थाको सहभागिता रहेको थियो । वडाले बिगत ४ बर्ष देखि खेललाई निरन्तरता दिदै आएको छ ।
खेलमा प्रथम पुरस्कार नगद २५ हजार द्धितिय पुरस्कार १५ हजार र सान्तवना पुरस्कार २ टिमलाई ५÷५ हजारका दररे राखिएको थियो । नमुना टोल विकास संस्था १९.४ को खेलमा सबै विकेट गुमाउदै ५९ रनमा समेटिएयो ६० रनको लक्ष्य पक्ष्याउदै गरेको नमुनाले १०.५ बलमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । शिव मन्दीरले ३५ वल खेलेर २७ रन वलिङ्ग गरेको थियो । भने शुशिल आचार्य, गोपाल खनालले ४ ओभरमा १० रन समेटेर ३ विकेट सतिस चुदालीले ४ ओभर गरेर १० रन २ विकेट लिएका थिए । व्याटिङ्ग सन्तु थारुले २२ वल खेलेर ३ चौका सहित २६ रन विजय घिमिरेले २४ बल खेलेर १ छक्का सहित १६ रन वलिङ्ग तर्फ मनोज क्षेत्रीले २ ओभर गरेर ६ रन खर्चेर १ विकेट म्यान अफद म्याच सफल शुशिल आचार्य,म्यान सिरन्ज बन्न सफल नमुना टोल विकास संस्थाका क्यापटेन रविन घिमिरे रहेका थिए । नमुना टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको छ भने शिव मन्दीर टोल विकास संस्थाले द्धितिय स्थान मधौलिया ,झण्डा टोल विकास संस्था दुबैले सान्तोना स्थान ल्याउन सफल भएका खेलाडीलाई नगद सहित शिल्ड, मेडल प्रदान गरिएको थियो ।
खेलको समापन कार्यक्रममा वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कमारी चौधरीले खेलले युवामा सकारात्मक सोच पैदा गर्नुका साथै शारिरीक मानसिक रुपमा पनि तन्द्रुस्ती प्रदान गर्ने एउटा क्रिर्या कलापको रुपमा पनि लिने हुदा विश्वभर क्रिकेट खेलको अति नै महत्व रहेको हुदा वाणगंगा नगरपालिकाले क्रिकेट जगतमा वाणगंगा ५ले अन्तराष्ट्रि खेलाडी उत्पादन गर्न सफल रहोस भन्न शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै गरि बिशिष्ट अतिथी वाणगंगा नगररपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुषालले खेलका माध्यमबाट नेपाल विश्वमा नै परिचित रहेको बताउदै वाणगंगा नगरपालिका वडा नं. ५ ले अन्तराष्ट्रिय खेलाडी उत्पादनमा जोड दिने र यस्ता खेललाई वडा ले निरन्तरता दिदै वडा भित्र उचित खेल मैदान व्यवस्थापनका लागि नगरपालिका ,प्रदेश, संघ सरकारबाट आवश्यक बजेटका लागि पहल गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुु भएको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ५ मधौलिया टोल विकास संस्थाका अध्यक्ष काशिराम खनालको अध्यक्षता ,वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता, वाणगंगा नगररपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुषाल,वाणगंगा नगररपालिका वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डन, सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल,वाणगंगा ५ का वडा सदस्यहरु ज्ञान वहादुर कार्की , मिना परियार ,बुद्ध चौधरी ,नैन कुमारी थारु ,इलाका प्रहरी कार्यलय कोपवाका प्रमुख प्रहरी नायव निरिक्षक पोम प्रसाद भुषाल भण्डा माविका अध्यक्ष कमल प्रसाद खनाल लगायत समाज सेवी बुद्धिजीवीहरुको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन रहको कार्यक्रम को स्वागत मन्तव्य टोल संस्थाका सचिव कृष्ण पाण्डे रहेको थियो । भने स्थानीय युवा समाज सेवी केशव घिमिरे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।