दशैँका बेला घर त सबैले सिंगारेकै हुन्छन् नै तर दाङका अवसरमा व्यवसायीहरुद्वारा घोराही बजार झिलिमिली बनाएका छन् ।
ग्राहकहरुलाई आकर्षित गर्न र दशैँको समयमा बजार क्षेत्रलाई सौन्दर्य प्रदान गर्न बजार नै सिंगारेर झिलिमिली बनाइएको घोराहीका व्यवसायीहरु बताउँछन् ।
घोराही बजारको निमाहल रोड सिंगारेसँगै व्यापार पनि बढेको त्यस क्षेत्रका व्यवसायीहरु बताउँछन् । बजार सिंगारेपछि दशैँका लागि सामग्री खरिद गर्ने मात्र नभइ टिकटक बनाउनेहरु पनि त्यस क्षेत्रमा पुग्न थालेका छन् । घोराहीसँगै जिल्लाका अन्य बजारहरु पनि सिंगार्न थालिएको छ ।
दाङका मुख्य बजार घोराही, तुलसिपुर, लमही छाडेर जिल्लाका उपभोक्ताहरु सामान खरिदका लागि भारतका बजारमा धेरै जाने गरेका कारण जिल्लामै रोक्नका पनि बजारलाई सिंगार्नुपरेको व्यवसायीहरुको भनाइ छ ।