हिजो भएको चुनावमा प्रतिस्पर्धी जायर बोल्सोनारो र लुइज इनासिओ लुलाले ५० प्रतिशत मत पाउन सक्नुभएन।
कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
दोस्रो चरणको मतदान आउँदो अक्टोबर ३० मा हुनेछ ।
दक्षिणपन्थी नेता बोल्सोनारोले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्नुभएको छ । अर्का प्रतिस्पर्धी लुला वामपन्थी नेता हुनुहुन्छ ।