पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् ।
सोमबार मध्यान्ह भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ भट्टराईले लेखेका छन् ।