दाङको ग्वार खोलाको बाँधमा डुबेर एक बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरका १४ वर्षीय अभिषेक भुसालको पौडी खेल्ने क्रममा ग्वार खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आज आइतवार दिउँसो साढे ३ बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अभिषेक डुबेका थिए । उनी डुबेको जानकारी पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी गर्दा तीन घण्टापछि हिलोमा गाडिएको अवस्थामा मृत भेटिएको तुलसीपुर ६ वडाध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभयो ।
पौडी खेल्न उनीसँगै तीन जना गएका प्रहरीले जनाएको छ ।