नेपालमै पहिलो पटक कपिलवस्तुमा सञ्चालन भईरहेको साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर साईकल चलाउने खेल) प्रतियोगिता उत्साहजनक रुपमा अगाडि बढिरहेको छ ।
सामाजिक तथा मानवीय कार्यमा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको साहसी र अनौठो प्रतियोगिता राजापानीमा संचालन भईरहेको छ ।
राजापानीको पर्यटकीय महत्व प्रवद्र्धन गरि पर्यटकको संख्यामा वृद्धि गर्न र मनोरन्जन प्रदान गर्ने यो साहसी र नौलो प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ कपिलवस्तुले जनाएको छ । प्रतियोगितामा कपिलवस्तु, रुपन्देही लगायतका विभिन्न स्थानबाट सहभागीहरुले भाग लिएका छन् ।
प्रतियोगितामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय पिपरा, नेपाल प्रहरी, एपिएफले सुरक्षा प्रदान गरेका छन् भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि सि एण्ड सी अस्पतालसंग पनि सहकार्य गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्राप्त गर्नेछन् ।