लोसपा जिल्ला अध्यक्ष त्यागेर एमाले प्रवेश गर्नु भएका कैलास अग्रहरीले कपिलवस्तुको ३ क्षेत्र एमालेले जित्ने बताउनु भएको छ । एमाले प्रवेश कार्यक्रममा बोल्दै अग्रहरीले मधेसको विकासमा एमालेको योगदानको चर्चा गर्दै एमालेको प्रवेशको लहरले गठवन्धनमा टाउको दुखेको बताउनु भयो ।
लोसपा परित्याग गरी एमाले प्रवेश गरेका जिल्ला अध्यक्ष कैलास अग्रहरी देश र जिल्लाको परिस्थीतीलाई मध्यनगर गर्दै एमाले प्रवेश गरेको बताउनुभयो । आफू २० वर्ष देखी मधेसवादी दलमा संघर्ष गरेको र क्षेत्रीय राजनिती गरेका नेता परिवारवाद जातीयवादको लागि मात्र राजनिती गरेको बताउनु भयो । राजनैतिक दलका नेताले आफ्नो श्रीमती बुहारी छोरा छोरीलाई समानुपातीकमा राख्ने गरेको टिप्पणी गर्नु भयो ।
नागरीकता अध्यादेश केपी ओली प्रधानमन्त्री हुँदा ल्याउदा पाँच दलिय गठवन्धनको सरकारले मुद्धा हालेर रोकेको दाबी गर्नु भयो । पोषण भत्ता समेत ओली सरकारले दिएको अग्रहरीले स्पष्ट पार्नु भयो ।