शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ)मा हस्तारक्षर गर्नुभएको छ । अस्ट्रियामा चलिरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उहाँले सन् २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गर्नुभएको हो ।
हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ । शिक्षा मन्त्री पौडेलले आइएईएको ६६ औं महासभालाई सम्बोधन गरी निशस्त्रीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गर्नुपर्नेमा दृढ रहेको समेत बताउनुभयो ।
विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै उहाँले आणविक विज्ञान र प्रविधिलाई आइएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।