काठमाण्डौ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरका उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा दशैँ र तिहार जस्ता पर्वको अवसरमा क्षेत्रगत अनुगमन सुरु भएको हो ।
सुलभ पसल, तरकारी, माछा र मासु पसल, दुग्ध पदार्थ तथा डिपार्टमेन्ट स्टोर, गोदामहरुमा अनुगमन गरिनेछ । अनुगमनमा उपमेयर डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । संघ तथा प्रदेश कार्यालयबाट पनि अनुगमनमा सहभागीता रहनेछन् ।