कपिलवस्तुको ४ नं तौलिहवा रोडमा कृष्ण फर्निचर तथा काष्ठ उद्योगको स्वरुम शुभारम्भ भएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले स्वरुमको समुद्घाटन गर्नु भएको हो । घटस्थापनाको दिन पारेर फर्निचर स्वरुमको एक कार्यक्रमका विच समुद्घाटन गरिएको हो ।
लामो समय बिभिन्न क्षेत्रमा काम गरी बिभिन्न अनुभव बटुलेका ३ जना युवाहरुको संयुक्त लगानीमा ओदारीमा आफनै सह मिलबाट उत्पादित सामान विक्रि गर्ने र स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने बिदेशी उत्पादित सामानलाई भन्दा स्थानीय स्तरमा उत्पादित सामान स्देशी सामानलाई बजारमा ल्याएर ,अन्य देशमा समेत निर्यात गर्ने उदेश्यले स्वरुमको उद्घाटन गरिएको सञ्चालकको भनाई रहेको छ ।
स्वरुम संचालनमा आए संगै विभिन्न आर्कषक डिजाईनका फर्निचर सजावटका सामान खरिदकै लागि बुटवल लगाएतका अन्य बजारमा धाउन नपर्ने सुविधा थपिएको र सोही क्षेत्रहरुमा समेत यहाँ उत्पादित वस्तुहरुको विक्रि गर्ने गरि तयारी गरिएको संचालक मित्रलाल कडेलको भनाई छ ।
समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष उमानाथ पौडेल ,निवर्तमान वडाध्यक्ष गणेश क्षेत्री , स्थानिय उद्योगी व्यापारी , संचारकर्मी लगाएतको उपस्थिति रहेको रहेको थियो ।