नेपाली होटल व्यवसायी सङ्घले काठमाण्डौको नयाँ बसपार्क क्षेत्रमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको छ ।
नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।
सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आबद्ध होटलको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
यस्तै, वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाइ मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ।