बाँसगढी नगरपालिकाका बालबालिकाहरूलाई बालविवाह न्यूनीकरण तथा लागूऔषध दुर्व्यसनीविरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र बाँसगढी नगरपालिकाको आयोजनामा पालिकाभित्रका विद्यार्थीहरूलाई उक्त तालिम दिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई बालविवाह न्यूनीकरण, बाल हिंसा न्यूनीकरण, यौन दुर्व्यवहार र लागूऔषध दुर्व्यसनविरुद्ध एक दिने तालिम दिइएको हो ।