कपिलवस्तु जिल्लाका दश स्थानीय तहहरु मध्ये बाणगंगा नगरपालिका स्वास्थ्य सेवा प्रवाहका हिसाबले जिल्लामै पहिलो बनेको छ ।
स्वास्थ्य कर्यालयको वार्षिक समिक्षा कार्यक्रम अन्र्तगत जिल्लाका सबै पालिका र सबै स्वास्थ्य चौकीहरुको गरिएको मूल्याङ्कनमा बाणगंगा पहिलो बनेको हो ।
गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रम अन्र्तगत स्वास्थ्य कार्यालय तौलिहवामा आयोजित कार्यक्रमबाट पहिलो बनेको बाणगंगालाई प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैबिच जिल्लाभरका स्वास्थ्य चौकी तर्फ पनि बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मोतिपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।
मूल्याङ्कनमा लिइएका करिब एक दर्जन सुचकहरु मध्ये सबै सुचकमा राम्रो अंक प्राप्त गरि मोतिपुर स्वास्थ्य चौकी पहिलो बनेको हो ।
स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेका अनुसार स्वास्थ्य चौकीबाट वर्षभरी प्रदान गरिएका स्वास्थ्य सेवाहरु जस्तै, पोषण, प्रजनन् स्वास्थ्य, नियमिति खोप कार्यक्रम लगाएतका सेवाहरु प्रभावकारी ढंगका कारण संचलन गरिएका कारण यो सफलता पाइएको बताउनुभयो ।
आर्थिक वर्ष २०७८र०७९ को वार्षिक रुपमा प्रवाह गरिएका स्वास्थ्य सेवाहरुको सार्वजनिकीकरण तथा परामर्श कार्यक्रम अन्र्तगत जिल्लाको स्वासथ्य अवस्था र पालिका र स्वासथ्य चौकीहरुको सेवा प्रवाहको अवस्थाबारे मुल्याङ्कन तथा सम्मान गरिएको हो ।
कार्यक्रम भदौ २ र ३ गते पिस हिमालयन रिर्सोटमा सम्पन्न भएको थियो