अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कपिलवस्तु नगरपालिका १ स्थित श्री रत्नराज्य लक्ष्मी माविमा वाल अधिकार चेतना समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम असोज २ गते सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका नगर स्तरिय मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा उक्त भेला तथा गठन कार्यक्रम सम्पन्न गरिएको हो ।
उपस्थित भेलाले बिद्यालय स्तरिय २५ सदस्यीय वाल अधिकार चेतना समूह गठन गरेको छ । जसको अध्यक्षमा आशिष कुमार रैदास , उपाध्यक्ष रिमा वेल्दार , सचिव निलम धोवी , सह सचिवमा डिलिप तेली र कोषाध्यक्षमा मनोरमा कहार चयन भएका छन् । यस्तै सदस्यहरुमा सृजना चौधरी , प्रिया कहार , खुश्वु हलुवाई , सोनु कोरी , गौरी कहार , सरिता बढई लगाएत २५ सदस्यीय समिती चयन गरिएको छ ।
यस्तै बिद्यालयका शिक्षक राम शरन चौधरीलाई संरक्षक शिक्षक चयन गरिएको छ । २५ सदस्यीय वाल अधिकार चेतना समितीका पदाधिकारीलाई संरक्षण गर्न संरक्षक शिक्षक चयन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहम्मद जाहिद खाँले वाल अधिकार चेतना समूहलाई संरक्षण, प्रवद्र्धन गर्न यस मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो ।
खाँले आजका वालवालिका भोलिकालागि देश बनाउने कर्णधार भएको हुँदा वाल अधिकार चेतना समूहको अधिकार सुनिश्चितताका लागि वडाले आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । वडा स्तरदेखि प्रदेश र संघीय तहसम्मको वाल अधिकार चेतना समूहको संरचना बन्ने भएकोले वाल अधिकार संरक्षण ,प्रवद्र्धन र वाल अधिकार मैत्री कानुनमा समेत टेवा पुग्ने उहाँले बताउनु भयो ।
यसैगरी श्री रत्नराज्य लक्ष्मी माविका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरीले वालवालिकाहरुलाई अगाडी बढाउनका लागि यस बिद्यालयलाई छनोट गरेकोमा इन्सेक , मानव अधिकार समूह कपिलवस्तुलाई धन्यवाद दिनु भयो । वाल अधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले कार्यक्रम स्वागत योग्य रहेको प्रधानाध्यापक चौधरीले बताउनु भयो ।
इन्सेक सहजकर्ता÷प्रतिनिधी पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी दिनु भएको थियो । कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा वडा नं. १ का वडा अध्यक्ष मोहम्मद जाहिद खाँको प्रमुख आतिथ्यता , बिद्यालयका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरी , शिक्षिका तारादेवी पोख्रेल , सुनिता दुवेको आथित्यता रहेको थियो । कक्षा देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको भेलाको संचालन बिद्यालयका शिक्षक राम शरन चौधरीले गर्नु भएको थियो ।