कपिलवस्तुको वाणगंगा न.पा. ५ कोपवामा रहेको महेन्द्र उच्च मा.वि.कोपवामा शिक्षक नियुक्ति बिषयमा चलखेल भएको आरोप लागेको छ ।
विद्यालयले गत भदौ १० गते बिज्ञापन नंं. ०२ २०७८।०७९ को अंग्रेजी राहत नि.मा.बि शिक्षक १ जना, बिज्ञापन नंंं .०१ ०७९।०८० मा.बि को रसायन शास्त्र शिक्षक एक जना र अनुदान तर्फ बिज्ञापन नंंं .०२ ०७९।०८० मा.वि. कम्प्युटर शिक्षक १ जना अनुदान तर्फ गरि ३ जना शिक्षकलाई लिखित ,मौखिक परिक्षा लिएर शिक्षक नियुक्ति गर्ने बिषयमा बिद्यालयका लेखापाल गोपाल दुवे र वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सीले चलखेल गरेको र पटक पटक आर्थिक ,राजनैतिक पुर्वाग्रह राखेर परिक्षा रोक्न खोज्ने, शिक्षक परिक्षा गराउनका लागि शिक्षक संगठनका व्यक्ति भएमा मात्र परिक्षा लिन मिल्लने जस्ता बिषयमा पटक पटक शिक्षा शाखा प्रमुख जिसीले धम्की पुर्ण भाषा प्रयोग गरेर परिक्षा रोक्दै आएको नाम नब्ताउने सर्तमा बिद्यालयका एक शिक्षकले जानकारी दिएका हुन ।
भदौ ३१ गते शुक्रबार वाणगंगा नगरपालिका शिक्षा शाखाले वाणगंगा ४ मा रहेको स्रोत केन्द्र स्थित बाणगंगा मा.बि गजेहडामा लिईएको थियो । १ जना शिक्षक पदपुर्तीका लागि बिज्ञापन नंंं .०१ ०७९।०८० को रसायन शास्त्र बिषयमा ६ जनाकोे आवेदन परेको थियो भने ४ जना मात्र परिक्षमा सहभागि गराईको खुलेको छ । १ जना परिक्षार्थी पदमा बस्नेतलाई भने कुनै पनि जानकारी नगराई परिक्षा लिईएको थियो । पदमा बस्नेत लाई परिक्षार्थी फारम भर्न बिद्यालयमा जादा सोही बिद्यालयका लेखापाल गोपाल दुवेले सबैलाई लाई फोन मार्फत जानकारी गराउने र म्यासेज पनि गरिने हुदा डुक्क हुनका लागि आग्रह गरेका थिए । सोही शिक्षक दुबेले सम्पुर्ण परिक्षार्थीलाई भदौ २९ गते बुधवार कार्यालय समयमा मोवाईलबाट म्यासेज गरेर जानकारी गराएका थिए भने बस्नेतलाई फोन म्यासेज कुनै पनि जानकारी नगराएको बताउनु भयो ।
वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख र लेखापाल दुवे दुवैजना एमाले निकट रहेकाले एमालेको शिक्षक नियुक्ति गर्नका लागि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्याल ,उप प्रमुख रिताकुमारी चौधरीको दबावमा एमाले निकट शिक्षक नियुक्ति दिलाउन शिक्षा शाखा प्रमुख जि.सी लागि परेको एक स्रोतले जानकारी दिएको छ ।
यता पिडित पदमा बस्नेतले आफुलाई कुनै पनि जानकारी नगराएको र कसरी थाहाँ पाउने भन्दा सोही विद्यालयका लेखापाल गोपाल दुबेले मोवाईल म्यासेज र फोनबाट जानकारी गराउने बताए पछि आफु ढुक्क भएर आफुले परिक्षाको तयारी गरेको तर जानकारी नगराई परिक्षा गराउनु भनेको शिक्षा जस्तो बिषयमा आर्थिक तथा राजनैतिक चलखेल हुनु परिक्षार्थीलाई परिक्षामा सहभागि नगराउनु भनेको लाज मर्दो बिषय रहेको र परिक्षा स्थगीत नभएमा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी. र विद्यालयका लेखापाल गोपाल दुवे बिरुद्ध अख्तियार ,अदालत प्रशासन धाउने चेतावनी बस्नेतले दिनु भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमृत चौधरीले भने, “सुचना खवर गर्ने सबै जिम्मेवारी लेखापाल दुवेलाई दिईएको थियो ।” यस बिषयमा आफु जानकार नरहेको र दुबेले सबै प्रशिक्षार्थीलाई खवर गरेको सबैले जानकारी पाएको हुदा परिक्षा लिन मिल्ले बताएका पछि मात्र परिक्षा लिएका हौ उनले भने ।
यता बिद्यालयकी प्रधानाध्यापक तनु श्री भण्डारीले पनि सबै जिम्मेवारी लेखापाल गोपाल दुबेलाई दिईएको हुदा आफुले दुवेलाई पटक पटक सोध्दा पनि सबैलाई जानकारी भएको बताए पछि परिक्षा लिईएको तर जानकारी नभएको भन्ने बिषय मिडियाले खोजे पछि मात्र थाहाँ भएको बताउनु भयो ।
वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले आफु शिक्षा शाखा प्रमुख भएता पनि नगर प्रमुख ,उप प्रमुखको र आफू निकट पार्टीको निर्देशनमा वाणगंगा ५ का स्थानीय एक युवालाई सिधै शिक्षा जस्तोे बिषयमा आर्थिक , राजनैति चलखेलका आधारमा नियुिक्त दिने बिषयमा परिक्षा लिनका लागि आनाकानी गर्दै आएको उनी माथि आरोप लागेको छ ।